Logo

टानको प्रमुख कार्यकारी अधिकृतमा थापा मगर नियुक्त, पर्यटन क्षेत्रमा लामो अनुभव

टानको प्रमुख कार्यकारी अधिकृतमा थापा मगर नियुक्त, पर्यटन क्षेत्रमा लामो अनुभव



काठमाडौं । ट्रेकिङ एजेन्सीज एशोसिएसन नेपाल (टान) ले विक्रम थापा मगरलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ । १ महिनाअघि देखि प्रमुख कार्यकारी अधिकृत छनोट गर्ने प्रकृयामा रहेको टानले ३ जना प्रतिस्पर्धिबाट थापालाई उक्त पदमा नियुक्त गरेको हो ।
थापाले सेवा क्षेत्रमा एमएससी गरेका छन भने यो क्षेत्रमा उनीसँग लामो समयदेखिको अनुभव रहेको छ ।

उनले युके एजुकेशन बोर्ड अन्तरगत हालम युनिभर्सिटी बाट पर्यटन व्यवस्थापनमा एमएससी गरेका हुन ।

नयाँ प्रमुख कार्यकारी अधिकृतको स्वागत गर्दै टानका अध्यक्ष नवराज दाहालले उनको नियुक्ती पछि नेपालको पर्यटन व्यवसाय केहि हदमा माथि उढने बताएका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL