Logo

इयूको कालो सूचीबाट नहट्नुमा हवाई सुरक्षा कि प्राधिकरण विभाजन ?, मन्त्री भन्छन् अप्रिलसम्ममा कालो सूचीबाट हट्छ

इयूको कालो सूचीबाट नहट्नुमा हवाई सुरक्षा कि प्राधिकरण विभाजन ?, मन्त्री भन्छन् अप्रिलसम्ममा कालो सूचीबाट हट्छ



काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले नेपाललाई आगामी अप्रिलसम्ममा युरोपियन युनियन (ईयू) को कालो सुचीबाट हटाउने दावी गरेका छन । नागरिक उड्ययन प्राधिकरणलाई नियामक र सेवा प्रदायक गरी छुट्टा छुट्टै बनाएर ईयुको कालो सूचीबाट हटाउनका लागि अन्तिम तयारी गरिएको जानकारी दिएका हुन् ।

नेपाललाइ अन्तरराष्ट्रिय नागरिक उड्डयन संगठन (आकाओ) ले समेत कालो सूचीबाट हटाई सकेको अवस्थामा इयूले कालो सुचीमा राखिराख्नु औचित्य नरहेको समेत जानकारी दिएका छन । मन्त्रालयको तर्फबाट गर्नु पर्ने काम सबै गरिसकेकाले अप्रिल सम्ममा इयूको कालो सुचीबाट नेपाल हटने उनको दाबी थियो ।

मन्त्री अधिकारीले भने ‘इयूले’ नेपाल नागरिक उड्डयन प्राधिकरणलाई नियमक निकाय र सेवा प्रदायक संस्था नबनाएकै कारणले गर्दा नेपाललाई कालो सुचीबाट नहटाएको समेत प्रष्ट पारेका छन । तर हामीले नियमन निकाय र सेवा प्रदायक संस्था छुट्टा छुट्टै बनाईसकेकाले अवको दिनमा इयूले पनि कालो सुचीबाट हटाउने मन्त्री अधिकारीको भनाई रहेको थियो ।

तर हवाई सुरक्षा तथा प्राधिकरण सुपरिवेक्षण महाशाखाका सहसचिब बुद्धिसागर लामिछानेले भने इयूको कालो सुचीबाट नेपाल नहटनुमा हवाई दुर्घटना न्युनिकरण गर्न नसक्नु मुख्य कारक तत्व रहेको बताएका छन ।

‘इयूले हामीलाई नियमक निकाय र सेवा प्रदायक संस्था नबनाएकै आधारमा कालो सुचीमा राखेको भने होइन,’ उनले भने, ‘कालो सूचीबाट हटाउनुपूर्व ‘नेपालले कसरी काम गरिरहेको छ त्यो हेर्छ ।’
उनका अनुसार प्राधिकरणलाई नियमक निकाय र सेवा प्रदायक संस्था बनाउन काम भन्दा झुटको खेति गर्नेको जमात बढेकाले लामो समय हुँदा सम्म पनि कामले गति लिन नसकेको उनको भनाई थियो । नियमक निकाय र सेवा प्रदायक संस्था बनाउन हामी पनि छलफलकै क्रममा रहेकाले अव छिट्टै यो विषयमा टुङ्गो लाग्ने उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL