Logo

निगमको ग्राउण्डेड न्यारोबडी जहाज बुधबार देखी संचालनमा आउने, बारम्बार जहाजमा किन ठोकिन्छन चरा

निगमको ग्राउण्डेड न्यारोबडी जहाज बुधबार देखी संचालनमा आउने, बारम्बार जहाजमा किन ठोकिन्छन चरा



काठमाडौं । नेपाल वायुसेवा निगमको जहाज एक पछि अर्को ग्राउण्डेड हुँदै गएको छ । निगमको वाईडबडी जहाज ‘अन्नपुर्ण’ ग्राउण्डेड भएको २२ दिन पछि संचालनमा आए पनि पुनः एयरबस नाईन एन एके डब्लु ३२० न्यारोबडी ग्राउण्डेड भएको छ ।

एयरबस न्यारोबडी ३२० जहाज भने गत शुक्रबार त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा चरा ठोकिए पछि ग्राउण्डेड भएको हो । अहिले मर्मतको क्रममा रहेको उक्त एयरबस भने भोली बेलुका सम्ममा उडान भर्न सक्ने गरी काम भईरहेको निगमका प्रवक्ता अशोक सिग्देलले जानकारी दिएका छन ।

उनका अनुसार उक्त जहाज दिल्लीबाट काठमाडौंमा अवतरणको क्रम्मा चरा ठोकिए पछि शुक्रबार देखी ग्राउण्डेड भएको थियो । सरकारले विमानस्थल वरपरको वातवरण सफा नगरुन्जेल यस्ता समस्या सबैले बेहोर्नु पर्ने समेत सिग्देलले जानकारी दिएका छन ।

विमानस्थल वरपरका होटलहरुबाट निष्कने फोहोर र सेकुवा कर्नरबाट आएको वासनाले गर्दा विमानस्थल वरपर चराहरु घुमिरहने र जहाजमा ठोकिन आउने भएकाले कुनै दिन ठूलै दुर्घटना समेत हुन सक्छ सिग्देलले भने ।

विमानस्थलको चरा आतंक यो नै नौलो भने होईन, विगतमा पनि चरा ठोकेर विमान दुर्घटना भएको बताउँदै सिग्देलले भने जब सम्म विमानस्थल वरपरको वातवरण सफा हुँदैन तव सम्म विमानमा चरा ठोकिरहन्छ । सरकारले पनि यसमा समयमै ध्यान दिएन भने कुनै दिन ठूलै दुर्घटनाको सामना गर्नु पर्छ उनले भने ।

प्रतिक्रिया दिनुहोस्
MBL