Logo

निगमको जापान उडान पक्का, फेब्रुअरिबाट उडान भर्ने

निगमको जापान उडान पक्का, फेब्रुअरिबाट उडान भर्ने



काठमाडौं । नेपाल वायुसेवा निगम र जापानको ओसाका विमानस्थल प्रतिनिधिबीच सोमबार छलफल भएको छ ।

जापानको ओसाका विमानस्थलमा नेपाल वायुसेवा निगमको उडान पुनः संचालन गर्ने बारे निगम र जापानी टोलीबीच भएको छलफलमा जापानी टोलीले पूर्ण सहयोग हुने बताएका छन ।

जापानी टोलीको सकरात्मक जवाफ सँगै निगमको वाईडबडी ए ३३०–२०० जहाजले जापान उडान गर्ने पक्का भएको छ ।
उक्त टोलीले जापानको हानेदा पछि ओसाका आकर्षक र महत्वपूर्ण विमानस्थल रहेकाले निगमको उडान उपलब्धिमूलक हुने समेत जानकारी दिएका छन ।

निगमले ओसाका शहरको लागि फेब्रुअरिबाट उडान गर्ने गरी काम अगाडी बढाएको समेत बताउँदै आएको छ ।
निगमका कार्यकारी अध्यक्ष मदन खरेल सहितको टोली र ओसाका विमानस्थलको एसिया क्षेत्र हेर्ने निर्देशक इमानुएल् मानेन ताउलेको नेतृत्वबीच सोमबार छलफल भएको थियो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL