Logo

निगमलाई जापान र कोरिया उडान भर्न ईयुको प्रतिबन्धले असर नगर्ने, आईकाओको निर्णयबाट अघि बढ्दै

निगमलाई जापान र कोरिया उडान भर्न ईयुको प्रतिबन्धले असर नगर्ने, आईकाओको निर्णयबाट अघि बढ्दै



काठमाडौं । युरोपेली युनियन (ईयु) ले नेपाली बिमान कम्पनीहरुलाई कालो सुचीबाट नहटाएपनि जापान र कोरियाको उडान भर्न पाउने भएका छन् । ती देशहरुमा वायु सेवा निगमले उडान भर्न प्रक्रिया अघि बढाइसकेका कारण कालो सूचीले असर नर्गे भएपछि उडान भर्न पाउने भएका हुन् ।

यस अघि ईयुले नेपाललाई कालो सुचीबाट नहटाएकै कारण जापान र कोरिया उडान भर्न पाएको थिएन । तर, अहिले इयुले प्रतिबन्ध लगाएकै अवस्थामा पनि ती देशहरुमा उडान गर्न लागिएको निगमका प्रवक्ता अशोक सिग्देलले जानकारी दिएका छन ।

अनकाअनुसार पछिल्लो चरणको छलफलमा जापान र कोरियाले ईयुको विषय निकालेर उडान अनुमति रद्द नगर्ने विषयमा लगभग टुङ्गो लागेको छ । सोही अनुरुप जसरी पनि फेब्रुअरीबाट जापान उडान गर्ने गरी पहल अगाडी बढाइएको उनले जानकारी दिए ।

अन्तरराष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) र ईयुकै कारण जापान र कोरियाले यस अघि नेपाललाई उडान अनुमति दिइएको थिएन ।जापान र कोरिया युरोपियन मुलुकमा नपर्ने भन्दै ति देशहरुले नरोक्न पनि सक्छ उनले भने ।

अन्तरराष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) को गम्भिर सुरक्षा चासो (एसएससी) बाट नेपाललाई गत वर्षको साउनमै नेपाल हटिसकेको छ । सोही कारणले गर्दा जापान र कोरियाले भने नेपाली जहाजलाई उडान नरोक्ने उनको दाबी थियो ।

तर, शुक्रबार ईयुले पुनः एक प्रतिवेदन सार्वजनिक गर्दै नेपालमा हवाई सुरक्षाको अवस्था ५ वर्ष अघिकै अवस्थामा रहेको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL