Logo

मजदुरको माग प्रति टान सकारात्मक, बार्तामा आउन आग्रह

मजदुरको माग प्रति टान सकारात्मक, बार्तामा आउन आग्रह



काठमाडौं । ट्रेकिङ एजेन्सीज एशोसिएसन अफ नेपाल (टान) ले मजदुरहरुको माग प्रति सकारात्मक रहेको जानकारी दिएको छ ।

पर्यटन क्षेत्रका विभिन्न मजदुर संगठनहरुले आफ्ना माग पुरा गराउनको लागी गत सोमबार टानको कार्यालयमा ताला लगाए पछि टानले मजदुरहरुको माग प्रति सकारात्मक रहेको जानकारी दिएको हो ।

मजदुर संगठनले टानको कार्यालयमा तालाबन्दी गरे पछि टानले एक विज्ञप्ती जारी गर्दै महत्वपुर्ण दैनिक कार्य संचालन गर्न समेत अवरोध भएको र मजदुरहरुले राखेको मागप्रति टान संधै सकारात्मक रहेको जानकारी दिएको हो ।

साथै तालाबन्दीबाट मात्र समस्याको समाधान नहुने भन्दै टान कार्यसमितिको आकस्मिक बैठकले अध्यक्ष नवराज दाहालको अध्यक्षतामा एक वार्ता समिति बनाएको छ । समितिले तत्काल बार्तामा बसी समस्याको समाधान गर्नको लागी सम्बन्धित निकायलाई आग्रह समेत गरेको छ ।

उक्त समितिले कुनै पनि व्यक्ति बिशेषको नाम प्रकाशित समाचारलाई बिश्वास नगरी सहकार्यलाई निरन्तरता दिई नेपालको पर्यटन बिकास र प्रर्वद्धन गर्न सबैको हित हुने भन्दै एकताबद्ध हुन समेत आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL