Logo

५४ हिमाल आरोहण गर्न १३ सय ५८ जनालाई अनुमति, ६ हजार ५ सय मिटर माथीको हिमाल आरोहण गर्दै ९९ समुह

५४ हिमाल आरोहण गर्न १३ सय ५८ जनालाई अनुमति, ६ हजार ५ सय मिटर माथीको हिमाल आरोहण गर्दै ९९ समुह



काठमाडौं । नेपालका करिब ५४ वटा हिमाल आरोहण गर्न १ सय ६९ समुहले अनुमति लिएका छन ।

पर्यटन विभागका अनुसार २०१८ को जनवरी देखी नोबेम्बर १९ सम्ममा हिमाल आरोहणको लागि अनुमति लिनेको संख्या १ हजार ३ सय ५८ जना रहेको छ ।

विभागका अनुसार ६ हजार ५ सय मिटर भन्दा माथीको हिमाल आरोहणका लागि ९९ समुह र सो भन्दा मुनिको हिमाल आरोहणको लागि ७० वटा समुहले अनुमति लिएको बिभागका सुचना अधिकारी सुरेन्द्र थापाले जानकारी दिएका छन ।

विभागका अनुसार आमादब्लाम, अन्नपुर्ण, अपि हिमाल, धौलागिरी, गुर्जा, चामलाङ, मनास्लु, लोत्से लगायतका हिमाल आरोहणको लागि ९९ वटा समुहले अनुमति प्राप्त गरेका छन ।

त्यस्तै ६ हजार ५ सय मिटर भन्दा तलको हिमाल अरनिको चुली, अरदाङ, भृकुटी, लाङटाङ, मुस्ताङ लगायतका हिमाल आरोहण गर्ने ७० वटा समुह रहेका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL