Logo

सबै बक्यौता रकम उठाउन त्रिभुवन विमानस्थलको ताकेता, सबैभन्दा बढी निगमको

सबै बक्यौता रकम उठाउन त्रिभुवन विमानस्थलको ताकेता, सबैभन्दा बढी निगमको



काठमाडौ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको राजस्वमा कसैलाई छुट नदिने भएको छ । हाल धेरै वायुसेवा कम्पनीको बक्यौता रहेको र ती सबै बक्यौता उठाईने विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीले जानकारी दिएका छन । उनका अनुसार हाल सबै भन्दा धेरै बक्यौता नेपाल वायुसेवा निगमको रहेको छ ।

निगमको बक्यौता रकम बढेर करिब ६५ करोड रुपैयाँ पुगेको छ । तर उनीहरुले किस्तामा तिदै गएकाले ठूलो समस्या नरहेको उनको भनाई रहेको छ । त्यस्तै विमानस्थल भन्सार विभागले विमानस्थललाई तिर्नु पर्ने बक्यौता ८५ करोड रुपैयाँ रहेको छ । तर यी संस्थाहरु सरकारी निकाय भएकाले केही छुट गराउने विषयमा मन्त्रिपरिषद्मा कुरा भईरहेकाले अहिले यसै भन्न नसकिने क्षेत्रीले जानकारी दिएका छन ।

यी बाहेका सानातिना बक्यौता धेरै नभएको क्षेत्रीको दावी रहेको छ । उनका अनुसार सबै जोडने हो भने पनि ४०÷४२ करोड रुपैयाँ भन्दा बढी नरहेको समेत उनको दावी रहेको छ । क्षेत्रीले आफ्नो ९ महिने कार्यकालमा ४५ देखी ५० करोड रुपैयाँ बक्यौता उठाई सकेकाले बाँकी बक्यौता रकम पनि छिट्टै उठाई सक्ने उनको भनाई रहेको छ ।

क्षेत्रीले विमानस्थलमा भएका बक्यौता बारे कुरा गर्दै सौर्यलाई ग्राउण्डेड गर्छु भने पछि सोमबार र मंगलबार गरी १६ लाख रुपैयाँ बुझाएको समेत जानकारी दिएका छन । बाकी रकम पनि छिट्टै बुझाउँछु भनेका छन उनले भने ।

सौर्यले विमानस्थललाई १ करोड ६४ लाख रुपैयाँ बुझाउनु पर्ने छ भने हिमालय एयरलाईन्सले साढे ५ करोड रुपैयाँ तिर्नु पर्ने छ । हिमालय एयरले भने डिसेम्बर भित्र सबै बक्यौता चुक्ता गर्ने भाका राखेको समेत क्षेत्रीले जानकारी दिएका छन ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL