Logo

त्रिभुवन विमानस्थललाई ५० लाख बुझाउँदै सौर्य एयर, जहाज ग्राउण्डेड हुनबाट जोगियो

त्रिभुवन विमानस्थललाई ५० लाख बुझाउँदै सौर्य एयर, जहाज ग्राउण्डेड हुनबाट जोगियो



काठमाडौं । सौर्य एयरलाईन्सले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल (टीआईए) लाई बक्यौताको पहिलो किस्ता रकम आज बुझाउने भएको छ ।
सौर्य एयरका मार्केटिङ चिफ डाईरेक्टर मुकेश खनालले आज १२ बजे भित्रमा करिब ५० लाख रुपैयाँ बुझाउने जानकारी दिएका छन ।

टीआईएलाई पार्किङ, ल्याण्डिङ लगायतका बिभिन्न शुल्क नबुझाउँदा सौर्यले करिब ४ करोड रुपैयाँ भन्दा माथी बुझाउन बाँकी रहेको थियो । सो रकम घटाउँदै सौर्यले विलम्ब शुल्क सहित जम्मा १ करोड ८० लाख रुपैयाँ रहेकोमा आजै ५० लाख रुपैयाँ बुझाउने भएको हो ।

टीआईएले आज मध्यान्हसम्मको समय दिए पछि एयरलाईन्सले सो रकम बुझाउने भएको हो । टीआईएका महा प्रवन्धक राजकुमार क्षेत्रीले भने आज मध्यान्हसम्म सो रकम जम्मा नभए उक्त एयरलाईन्सको जहाज आज एक घण्टा ग्राउण्डेड गर्ने बताए छन् ।

विमानस्थलले विमानस्थल प्रयोग गरेवापतको बक्यौता रकम नबुझाएको भन्दै आईतबार एक घण्टा सोमबार डेढ घण्टा गरी क्रमश बढाउँदै लैजाने र एक हप्ता पछि पुरै बन्द गराउने बताएको थियो । तर सौर्यले आजै केही रकम बुझाउने भए पछि जहाज ग्राउण्डेड नहुने भएको छ ।

त्यस्तै गल्फ एयरको भने २ करोड रुपैयाँ भन्दा माथी बक्यौता रहेको समेत क्षेत्रीले जानकारी दिएका छन । उनका अनुसार गल्फलाई बारम्बार ताकेता गरीरहेको र आज पनि पत्र लेख्ने तयारीमा रहेको उनले जानकारी दिएका छन ।

बारम्बार ताकेता गर्दा पनि रकम बुझाउन नआए पछि टिआईएले अन्तरराष्ट्रिय एयर ट्रान्सपोर्ट एशोसिएसन (आयटा) मार्फत गएर भए पनि रकम अशुली गर्ने क्षेत्रीले जानकारी दिएका छन ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL