Logo

पैसा नतिरेपछि आईतबारदेखि सौर्यको उडान रोकिने, ३ महिना भित्र बक्यौता नतिरे हिमालय एयरलाईन्स पनि ग्राउण्डेड

पैसा नतिरेपछि आईतबारदेखि सौर्यको उडान रोकिने, ३ महिना भित्र बक्यौता नतिरे हिमालय एयरलाईन्स पनि ग्राउण्डेड



काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलले आईतबार देखी सौर्य एरलाईन्सको जहाज एक घण्टा ग्राउण्डेड गर्ने भएको छ ।

विमानस्थलले विमानस्थल प्रयोग गरेवापतको बक्यौता रकम नबुझाएको भन्दै आईतबार एक घण्टा सोमबार डेढ घण्टा गरी क्रमश बढाउँदै लैजाने र एक हप्ता पछि पुरै बन्द गराउने भएको छ ।

हाल सौर्य एयरलाईन्सलाई बारम्बार ताकेता गर्दा पनि बक्यौता रकम नबुझाएको भन्दै विमानस्थलले डिले गर्ने भएको हो । विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीका अनुसार एयरलाईन्सले विमानस्थललाई तिर्नु पर्ने बक्यौता रकम र विलम्ब शुल्क सहित १ करोड ८० लाख रुपैयाँ भन्दा माथी रहेको छ ।

आईतबार १२ बजे सम्म समय दिएको विमानस्थलले सो समय भित्र उक्त रकम नबुझाएमा सौर्य एयरलाईन्सको जहाज आईतबार एक घण्टा ग्राउण्डेड हुने छ । विमानस्थलले एक, डेढ, दुई घण्टागर्दै समय बढाउँदै जाने र एक हप्ता पछि भने पुरै जहाज संचालनमा नै रोक लगाउने महाप्रवन्धक क्षेत्रीले जानकारी दिएका छन ।

त्यस्तै हिमालय एयरलाईन्सले पनि विमानस्थललाई साढे ५ करोड रुपैयाँ रकम भने तिर्न बाँकी नै रहेको छ । हिमालय एयरलाईन्सले भने केही समय अगाडी लिखित प्रतिबद्धता जनाउँदै ३ करोड २० लाख रुपैयाँ बुझाई सकेको महा प्रवन्धक क्षेत्रीले जानकारी दिएका छन ।

प्रतिबद्धता अनुसार अबको ३ महिना भित्रमा सबै रकम चुक्ता नगरे सो विमान कम्पनीको जहाजलाई पनि क्रमश ग्राउण्डेड गर्दै जाने क्षेत्रीले जानकारी दिएका छन । विमानस्थलमा पार्किङ, ल्याण्डिङ लगायतका शुल्क समयमै नबुझाउँदा बक्यौता रकम बढेको हो ।

विमान कम्पनीहरुले ६० दिन भित्रमा शुल्क नबुझउँदा सो समस्या आएको क्षेत्रीको भनाई रहेको छ । क्षेत्रीले आफ्नो कार्यकालमा करिब ४५ देखी ५० करोड रुपैयाँ पुरानो बक्यौता रकम उठाएको छ ।

त्यसतै गल्फ एयरको भने २ करोड रुपैयाँ भन्दा माथी बक्यौता रहेको समेत क्षेत्रीले जानकारी दिएका छन । उनका अनुसार गल्फलाई बारम्बार ताकेता गरीरहेको र आईतबार पनि पत्र लेख्ने तयारीमा रहेको उनले जानकारी दिएका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL