Logo

३७ अर्ब सम्पत्ती भएको निगमको ३९ अर्ब ऋण, संस्थागत जोखिम उच्च

३७ अर्ब सम्पत्ती भएको निगमको ३९ अर्ब ऋण, संस्थागत जोखिम उच्च



काठमाडौं । नेपालको एक मात्र सरकारी तथा पुरानो वायुसेवा कम्पनी नेपाल वायु सेवा निगमको ऋण ३९ अर्ब पुगेको छ ।

बिहीबार निगमका अध्यक्ष मदन खरेलले स्वेतपत्र जारी गर्दै निगमको कर्जा धेरै रहेकाले सरकारले आर्थिक सहायता दिनु पर्ने बताएका हुन । उनले निगमसँग उपलब्ध नगद प्रवाह तथा तिर्नुपर्ने दायित्व अत्याधिक रहेको भन्दै वाईडबडीको व्यवसायिक योजना अनुसार संचालन नभएसम्म निगमको कर्जा कम गर्न सरकारले आर्थिक सहयोग गर्नु पर्ने बताएका हुन ।

जहाजको तिर्नुपर्ने रकम ३२ अर्ब ८७ करोड रुपैयाँ रहेकाले निगमको दिर्घकालीन कर्जा र जम्मा पूँजी ३९ दशमलब ८२ रहेकोले निगम उच्च जोखिममा रहेको हो ।

निगमले कर्जा तिर्न वार्षिक १० दशमलब ५० प्रतिशतका दरले ब्याज भुक्तानी गर्नुपर्ने हुँदा निगमलाई उच्च किस्ता तिर्नुपर्ने भएकाले यसले निगमको तरलता अवस्था तथा नाफामा सिधै असर परेको स्वेतपत्रमा उल्लेख गरिएको छ ।

निगमको अन्तरराष्ट्रियतर्फ बजार हिस्सा १ दशमलब ८ प्रतिशतले घटेको छ भने आन्तरिक तर्फ १ दशमलब ३ प्रतिशतले बढेको छ । निगमले उपयुक्त बजार ब्यवस्थापन गर्न नसक्दा अन्तरराष्ट्रिय बजार घटेको हो ।

निगमको ऋण ३९ अर्ब ३८ करोड ५६ लाख २४ हजार ४ सय ३ रुपैयाँ रहेको छ भने सम्पत्ती ३७ अर्ब ७२ करोड ६५ लाख ६ हजार ३ सय ३३ रुपैयाँ रहेको छ । निगमको यो सम्पत्ती भने भवन र जग्गा बाहेकको हो ।

ए३२० जहाजले जापान, रियाद र कोरियामा उडान सञ्चालन गर्न आवश्यक प्रक्रिया अगाढि बढाइएको र जिएसए छनोट कार्य पनि भइरहेको स्वेतपत्र जारी गर्दै निगमका अध्यक्ष खरेलले जानकारी दिएका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL