Logo

पर्यटन प्रवर्द्धनमा चीन र नेपालबीच सम्झौता, चिनियाँ पर्यटक केन्द्रित नेपाल भ्रमण वर्ष २०२०

पर्यटन प्रवर्द्धनमा चीन र नेपालबीच सम्झौता, चिनियाँ पर्यटक केन्द्रित नेपाल भ्रमण वर्ष २०२०



काठमाडौं । नेपालको पर्यटन प्रवर्द्धनमा नेपाल र चीनबीच द्धिपक्षीय सम्झौता भएको छ । चिनियाँ पर्यटन मन्त्री लुओ सुगाङ तथा नेपालका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीबीच भएको भेटवार्तामा सन् २०२० मा नेपालमा बढीभन्दा बढी चिनियाँ पर्यटक भित्र्याउने तथा नेपालको पर्यटन प्रवद्र्धन गर्ने विषयमा सम्झौता भएको हो ।

भेटमा मन्त्री सुगाङले नेपाल र चीनबीचको सम्बन्ध संचङगम्पो भन्दा अगाडी देखि रहेकाले यसलाई निरन्तरता दिन नेपाल र चीन सँगसँगै भएर जानु पर्ने बताएका छन । उनले नेपालमा भ्रमण वर्ष २०२० मनाई रहँदा चिनियाँ पर्यटकको सुरक्षा, एयरपोर्ट देखि होटल तथा घुम्न जाने स्थानहरुमा भाषाको समस्या भएको बताएका छन ।

उक्त भेटवार्तामा भ्रमण वर्ष २०२० मा कसरी चिनियाँ पर्यटक नेपाल भित्र्याउने तथा पर्यटन प्रवर्द्धन गर्न दिपक्षीय सम्झौता भएको हो । पर्यटन प्रवर्द्धन, भ्रमण वर्षमा खास काम गर्ने गरी सम्झौता भएको मन्त्री अधिकारीले जानकारी दिएका छन । साथै पर्यटन प्रवर्द्धन गर्न एक दशकसम्म सो सम्बन्धी कार्यहरु निरन्तर संचालन गर्ने मन्त्री अधिकारीले बताएका छन ।

त्यस्तै चिनियाँ सरकारले २०७२ सालमा गएको भुकम्पमा क्षती भएको सांस्कृतिक सम्पदाको पुनर्निमाणमा समेत सहयोग गर्ने प्रतिवद्धता जनाएको उनले जानकारी दिएका छन । साथै धरहरा बाहेक अन्य सम्पदाहरुको पुनर्निर्माण गरि सक्ने मन्त्री अधिकारीले जानकारी दिएका छन । मन्त्री अधिकारीले नेपाली जहाजलाई छिटो भन्दा छिटो चिनियाँ भुमिमा पुर्याउने गरी काम गर्ने समेत प्रतिबद्धता जनाएका छन ।

पर्यटन मन्त्रालयमा भएको दुई देशको मन्त्रीस्तरिय भेटमा विगतमा भएका सहयोग तथा आगामी दिनमा नेपाल र चीनबीचको सम्वन्धलाई कसरी अगाडी बढाउने भन्ने विषयमा छलफल भएको मन्त्री अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL