Logo

एयरबस ए २२० काठमाडौंमा, अन्य विमानको भन्दा २० प्रतिशत इन्धन बचत

एयरबस ए २२० काठमाडौंमा, अन्य विमानको भन्दा २० प्रतिशत इन्धन बचत



काठमाडौं । एयर बस फेमलीको एयरक्राफ्ट, द ए २२० नेपालमा पहिलो पटक अवतरण गरेको छ ।

उक्त एयरबसले बिश्व भ्रमणको दौरानमा नेपालमा पहिलो पटक भ्रमण गरेको हो । करिब १ सय ४५ जना यात्रु बोक्ने क्षमता भएको उक्त जहाजले चीन, नेपाल, टर्की अनि थाइल्यान्ड गरि ४ वटा देशको डेमो भ्रमणमा रहेको छ ।

सो विमानलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल काठमाडौंमा कार्तिक २५ र २६ गते २ दिन प्रदर्शनीमा समेत राखिएको छ ।

उक्त एयरक्राफ्टले असाधारण प्रदर्शन गर्नुका साथै आराम अनि लाभदायक रहेको तथा उचाईमा रहेका काठमाडौं जस्ता हवाई अड्डाका लागि समेत उपयुक्त हुने कम्पनीको भनाई रहेको छ ।

१ सय देखि १ सय ५० सिट क्षमताको उक्त जहाज एक मात्र विमान ए २२० को इन्धन क्षमता राम्रो रहेको छ । यो विमानले स्टेट अफ द आर्ट एरोडायनामिक, एड्भान्स्ड मटेरियल्स अनि प्राट एण्ड वाइट्नीको नयाँ जेनेरेशनको पिडब्लु १५ सय जी भएको इन्जिनका साथ यो विमानले साधाराण विमान भन्दा २० प्रतिशत इन्धनको बचत गर्ने कम्पनीले जानकारी दिएको छ ।

सो जहाजको ४ सय भन्दा धेरै बजार माग भएको समेत कम्पनीले जानकारी दिएको छ । ए२२० विमानले बजारमा १ सय देखि १ सय ५० सिट क्षमताका अन्य जहाजले भन्दा राम्रो बजार गर्ने कम्पनीको दाबी रहेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL