Logo

पर्यटकलाई चर्को शुल्क लिएको भन्दै टानको आपत्ती, नेपाली गाईडहरुले समेत १५०० रुपैयाँ तिर्नु पर्ने

पर्यटकलाई चर्को शुल्क लिएको भन्दै टानको आपत्ती, नेपाली गाईडहरुले समेत १५०० रुपैयाँ तिर्नु पर्ने



काठमाडौं । ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) ले मकालु वरुण राष्ट्रिय निकुञ्जले लिएको पर्यटन शुल्क प्रति विरोध जनाएको छ ।

निकुञ्जले सो क्षेत्रमा प्रवेश गर्ने पर्यटकहरुलाई प्रति ब्यक्ती ३ हजार रुपैयाँ लिने गरेको छ । साथै क्यापिङ गर्नेहरुबाट प्रति पर्यटक हरेक रातको २ हजार रुपैयाँ लिएको भन्दै टानले विज्ञप्ती मार्फत विरोध गरेको हो ।

निकुञ्जले नेपाली गाईडहरुलाई समेत निकुञ्ज प्रवेश गरे वापत प्रति ब्यक्ती १ हजार ५ सय रुपैयाँ शुल्क लिने गरेको टानले जानकारी दिएको छ ।

टानले देश संघियतामा गएसंगै यसरी प्रत्येक महिना जस्तो मुलुकका विभिन्न भागमा रहेका पदयात्रा क्षेत्रहरुका गाविसहरु तथा राष्ट्रिय निकुञ्जहरुले विना सूचना आफुखुसी शुल्क लिने गरेकाले विज्ञप्ती जारी गर्नु परेको टानका अध्यक्ष नवराज दाहालले जानकारी दिएका छन ।

पर्यटकलाई मात्रै सिकारको रुपमा प्रयोग गरेर यसबाट पर्ने दिर्घकालिन असरको कुनै ख्यालै नगरि पर्यटन क्षेत्रलाई नै अस्तव्यस्त र ध्वस्त बनाउने जस्ता गैर जिम्मेवारी पूर्ण कार्य तत्काल बन्द गराउन नेपाल सरकारसँग हामी जोड्दार माग गर्दछौं विज्ञप्तीमा भनिएको छ ।

साथै खुम्बु पासाङ लहामु गाविसले त्यस क्षेत्रमा रहेको टिम्स काउण्टर जबरजस्ती बन्द गराई प्रति पर्यटकबाट २ हजार रुपैयाँ लिने गरेको र स्थानीय सरकारको दबाबमा त्यहाँका होटलहरु तथा लजहरुले खानाको र पदयात्रा सहयोगीहरुको शुल्क तोक्ने जस्ता गैह् जिम्मेबार पूर्ण कार्यले मनास्लु क्षेत्रमा पनि त्यसैको प्रभाव परेको टानले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL