Logo

लक्ष्य विहिन निजगढ अन्तरराष्ट्रिय विमानस्थल अनुगमन, आकाशबाटै फर्कियो अनुगमन टोली

लक्ष्य विहिन निजगढ अन्तरराष्ट्रिय विमानस्थल अनुगमन, आकाशबाटै फर्कियो अनुगमन टोली



काठमाडौं । निजगढ अन्तरराष्ट्रिय विमानस्थल तथा फास्ट ट्रयाक अनुगमनमा गएको टोली आकाशबाटै फर्किएको छ ।

सोमबार सेनाको हेलिकप्टरबाट स्थलगत अनुगमनका लागि गएका पूर्वप्रधानमन्त्री माधवकुमार नेतृत्वको टोली स्थलगत अनुगमनै नगरि आकाशबाटै फर्किएको हो ।

प्रतिनिधिसभाको अन्तरराष्ट्रिय सम्बन्ध समितिले देशभरको विमानस्थलको अस्थलगत अनुगमन गरी दुई महिना भित्र प्रतिवेदन पेश गर्न नेता नेपालको संयोजकत्वमा असोज १२ गते पाँच सदस्यीय समिति गठन गरेको थियो ।

सोही अनुसार हवाई आजै ‘निजगढ विमानस्थल तथा फास्ट ट्रयाक अनुगमन गर्न गएका हौं’ नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक संजिब गौतमले भने ।

गौतमा अनुसार निर्माणस्थल अध्ययनका लागि स्थलगत जानु पर्ने भए पनि समय अभावका कारण आकाशबाटै फर्किएको हो । आकाशबाटै अनुगमन गरेर पर्के पछि यस्ले कस्तो नतिजा आउँला भनेर प्रश्न गर्दा गौतमले यसबारे कमेन्ट नगरौ भन्दै बोल्न चाहेनन् ।

प्रतिक्रिया दिनुहोस्
MBL