Logo

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको स्वरुप परिवर्तन, ३ वर्ष भित्र एरोब्रिज तयार

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको स्वरुप परिवर्तन, ३ वर्ष भित्र एरोब्रिज तयार



काठमाडौं । नेपालको एक मात्र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको स्वरुप परिवर्तन भएको छ । विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीले आफु आए पछि विमानस्थलको स्वरुपमा परिवर्तन गरेको बताएका छन ।

क्षेत्रीले आफु आईसके पछि विमानस्थल भित्र प्रवेश गर्ने एक मात्र गोल्डेन गेटलाई वान वे बनाएको र ईक्जिटवेको निर्माण गरेको बताएका छन ।

त्यस्तै उनले आन्तरिक टर्मिनलमा ओर्लिने यात्रु र सामान ल्याउने गाडीको लागि जामबाट मुक्त गराएको बताएका छन । विगतमा भन्दा अहिले हर क्षेत्रमा राम्रो हुँदै गईरहेको छ उनले भने ।

साथै कन्भेयर वेल्टको टेण्डर गरी सम्झौता समेत भईसकेको छ अवको ५ महिना भित्र कन्भेयर वेल्ट ल्याउने र उक्त वेल्ट ल्याईसके पछि अहिलेको जस्तो भिडभाड गरेर यात्रुले आफ्नो सामानहरु तानातान गर्नु पर्ने अवस्था नरहने क्षेत्रीले जानकारी दिएका छन ।

क्षेत्रीका अनुसार कन्भेयर वेल्ट ल्याउन टेण्डर समेत भईसकेको र महावीर श्रीले कन्भेयर वेल्ट ल्याउने तयारी भईरहेको उनले जानकारी दिएका छन । त्यस्तै अहिले भएको भेहिकल पार्कीङलाई ३ महिना भित्रै नयाँ बन्दै गरेको पार्किङ स्थलमा सारिने भएको छ ।

विमानस्थलमा ८ वटा पार्किङ वे बनाईने भएको छ । साना जहाजको लागि ४ र ठूला जहाजको लागि ४ वटा पार्र्किङ वे बनाउने तयारीमा विमानस्थल रहेको छ ।

सानो जहाजको लागि पूर्वी क्षेत्रको पार्किङ वे बनाउने र फागुनसम्ममा तयार हुने क्षेत्रीले बताए । ठूलो जहाजको लागि भने दक्षिणतर्फ बनाउने तयारी गरेको विमानस्थलले अवको १ वर्ष भित्रमा निर्माण गरि सक्ने लक्ष रहेको छ ।

काठमाडौंको विमानस्थलमा पटक पटक भईरहने रनवेको मर्मतको लागि भने अप्रिल १ बाट टेण्डर मार्फत काम शुरु हुने भएको छ । रनवे र ट्याक्सीवे को प्यारलल बनाउन टेण्डर समेत भईसकेको छ त्यो काम पनि ६ देखि ८ महिना भित्रमा सम्पन्न गर्ने छौं उनले भने ।

त्यस्तै विमानस्थलमा भएको हेलिप्याड समेत सार्ने भएको छ । अहिले भईरहेको हेलिप्याड भन्दा करिब डेड सय मिटर दक्षिणी भेगमा लगेर छुट्टै हेलिप्याड बनाउने र त्यसको लागि छुट्टै टर्मिनल बनाउने भएको छ । अहिले आन्तरिकबाट जाँदा सुरक्षा लगायतका समस्या आउने भएकाले छुट्टै हेलिप्याड निर्माण गर्न लागेको क्षेत्रीले बताए ।

हाल भएको टर्मिनल भवनको माथिल्लो भागमा अर्को भवन थपेर ४ वटा एरोब्रीजको कल्पना गरेका छौं । यस्का लागि भने कन्सलटेण्ट नियुक्त हुँदैछन यस्को लागि ३ वर्ष लाग्ने उनले बताए । कन्सलटेण्टले रिर्पोट दिए पछि टेण्डर गरेर काम अघि बढाउने उनले बताए ।

क्षेत्रीले आफु आए पछि सरसफाई देखि कुर्सी थप्ने र एसी लगाउने काम गरेको बताएका छन । त्यस्तै आन्तरिक टर्मिनलमा तत्कालै १ सय वटा कुर्सी थप्ने तयारीमा रहेको समेत क्षेत्रीले जानकारी दिएका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL