Logo

स्याङ्जामा विश्वकप प्याराग्लाइडिङ शुरु, ७० खेलाडीले जनाए सहभागि

स्याङ्जामा विश्वकप प्याराग्लाइडिङ शुरु, ७० खेलाडीले जनाए सहभागि


रासस
0
Shares

काठमाडौं । प्याराग्लाइडिङ विश्वकप शुरु भएको छ । स्याङ्जाको स्वरेक मैदानमा शुरु भएको उक्त प्रतियोगितामा २१ देशका ७० जना खेलाडीले सहभागिता जनाएका छन ।

नेपालमै पहिलो पटक आयोजना गरिएको प्याराग्लाइडिङ एक्युरेसी विश्वकप प्रतियोगिताले विश्वका खेलाडीको ध्यान तानेको छ । भीरकोट नगरपालिका–५ महापुर स्वरेक मैदानबाट उडाएर वालिङ नगरपालिका–११ डौवाफाँटमा अवतरण गर्ने व्यवस्था मिलाइएको प्रतियोगिता नेपाल प्याराग्लाइडिङ संघले जानकारी दिएको छ ।

नेपाल हवाई खेलकूद संस्था र बाबु एड्भेन्चर क्लब स्याङ्जाको आयोजना र जिल्ला समन्वय समिति स्याङ्जाको संयोजकत्वमा उक्त प्रतियोगिता बिहीबारदेखि शुरु भएको छ ।

नेपाल प्याराग्लाइडिङ ह्याण्डग्लाइडिङ संघका महासचिव एवं कार्यक्रम संयोजक शैलेन्द्र रावतले नेपालको इतिहासमै पहिलो पटक विश्वकपको आयोजना भएकाले यो प्रतियोगिता सञ्चालन हुनु राज्य र खेलाडीको लागि गर्वको कुरा भएको बताएका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL