Logo

भ्रमण वर्ष २०२० को राष्ट्रिय संयोजकमा बैद्य नियुक्त, कार्यकाल ३ वर्ष रहने

भ्रमण वर्ष २०२० को राष्ट्रिय संयोजकमा बैद्य नियुक्त, कार्यकाल ३ वर्ष रहने



काठमाडौं । सरकारले भ्रमण वर्ष २०२० को राष्ट्रिय संयोजकमा उद्योगी सुरज वैद्यलाई नियुक्त गरेको छ ।

सरकारले भ्रमण बर्ष २०२० को कार्यक्रम कार्यान्वयन उपसमितिका उपाध्यक्ष तथा राष्ट्रिय संयोजक बनाएको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जानकारी दिएको छ । उनलाइ सरकारले तीन बर्षका लागि नियुक्त गरेको हो ।

सरकाले २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष सहित आवश्यक कार्यक्रम संचालनको संयोजन, समन्वय तथा संचालनका लागि मन्त्रीस्तरको निर्णयले बैद्यलाई नियुक्त गरेको मन्त्रालयले जानकारी दिएको छ ।

वैद्य सार्क उद्योग संघका निवर्तमान अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष समेत रहेर काम गरिसकेका छन । वैद्य अर्गनाइजेसन अफ इन्डस्ट्रिज एन्ड ट्रेडिङ हाउसका प्रेसिडेन्ट हुन ।

अन्तर्राष्ट्रिय समुदायसँग वैद्यको सम्बन्ध सुमधुर रहेको र सोही सम्बन्धका कारण नेपालमा पर्यटन प्रवद्र्धन गर्न सघाउ पुर्याउने उद्देश्यले उनलाई नियुक्त गरेको मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायले जानकारी दिएका छन ।

 

प्रतिक्रिया दिनुहोस्
MBL