Logo

मुस्ताङमा बास पाएनन पर्यटकले, होटल खोज्दै पुगे बागलुङ

मुस्ताङमा बास पाएनन पर्यटकले, होटल खोज्दै पुगे बागलुङ


रासस
0
Shares

काठमाडौं । पर्यटकीय जिल्ला म्याग्दी र मुस्ताङ घुम्न गएका पर्यटक होटल खोज्दै बागलुङ आउन थालेका छन ।

दशैँ तथा तिहारको समयमा म्याग्दी र मुस्ताङमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन ह्वात्तै बढेपछि होटल नपाउने समस्या बढेका कारण पर्यटक होटल खोज्दै बागलुङ आउन थालेका हुन् । म्याग्दी र मुस्ताङ आएका पर्यटकले त्यहाँ सबै होटल भरिएपछि पर्यटक होटल खोज्दै छिमेकी जिल्ला बागलुङ र पर्वत आउन थालेका हुन् ।

मुस्ताङ र म्याग्दीमा यो सिजनमा धेरै पर्यटक जान्छन बागलुङका होटल व्यवसायी निलेश राजभण्डारीले भने । त्यहाँ ठूलो क्षमताका होटल छैनन् त्यसैले होटल खोज्दै बागलुङ आउछन् । दशैँ तिहारबीचमा मुस्ताङ घुम्न आएका काठमाडौँका केशव लामिछाने म्याग्दी बास बसेर मुस्ताङ जाने तयारीमा थिए तर म्याग्दीमा होटल नपाउँदा बागलुङ फर्केर बास बस्नुपरेको उनले सुनाए । यतिबेला बागलुङका ठूला होटल मुस्ताङ र म्याग्दी घुम्न जाने पर्यटकले भरिएको होटल व्यवसायी संघ बागलुङले जानकारी दिएको छ ।

दशैँको भोलिपल्टदेखि म्याग्दी र मुस्ताङका सबैजसो होटल पर्यटकका लागि बुक भइरहेका छन होटल व्यवसायी संघ म्याग्दीका अध्यक्ष ताराप्रसाद आचार्यले भने । मुस्ताङ जानका लागि म्याग्दी आउने पर्यटकलाई छिमेकी जिल्ला पर्वत तथा बागलुङका होटलमा पठाउने गरिएको उनले बताए ।

बागलुङमा ठूला क्षमताका होटल भए पनि मुस्ताङ र म्याग्दीमा ठूला क्षमताका होटल खासै छैनन् । मुस्ताङ जान आउने पर्यटक सिधै मुस्ताङ नगइकन म्याग्दीमा बास बस्नुले होटलको माग बढेको म्याग्दीका होटल व्यवसायी बताउँछन् ।

मुस्ताङबाट फर्कदा म्याग्दीको भुरुङ तातोपानी बस्ने योजना बनाएका फ्रान्सेली नागरीक डेविट होटल नपाउँदा बागलुङ बजारको पिस प्यालेसमा बास बस्न आएको बताउँछन । दशैँ तिहारको समयमा म्याग्दी हुँदै मुस्ताङ जाने पर्यटक विगतका वर्षमा भन्दा यो वर्ष अत्यधिक भएको पर्यटन व्यवसायीहरु बताउँछन् ।

प्रायजसो निजी गाडी तथा मोटरसाइकलमा आउने पर्यटक बागलुङ, म्याग्दी घुम्दै मुस्ताङ जाने गर्दछन् भने एजेन्सीज मार्फत आएका पर्यटक सिधै मुस्ताङ जाने गरेका छन् ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL