Logo

पर्यटन बोर्डले गर्यो उद्यमी सिड क्याम्पको आयोजना, लक्ष्मी बैंकले लगानी गर्ने

पर्यटन बोर्डले गर्यो उद्यमी सिड क्याम्पको आयोजना, लक्ष्मी बैंकले लगानी गर्ने



काठमाडौं । नेपाल पर्यटन बोर्डले उद्यमी इनोभेसन्ससँगको सहकार्यमा उद्यमी सिड क्याम्पको आयोजना गरेको छ ।

बोर्डले सम्भावना बोकेका नयाँ योजनाहरुलाई व्यवसायमा परिवर्तन गर्नसक्ने अवसर प्रदान गर्ने उद्देश्यका साथ उक्त कार्यक्रम आयोजना गरेको हो । कार्यक्रम अन्तरगत विभिन्न सम्भावित उद्यमीहरुको योजनालाई व्यवसायमा परिवर्तन गर्ने अवसर प्रदान गरिनेछ । उक्त योजनाहरुले राष्ट्रको पर्यटन विकासमा टेवा पुर्याउने भएकाले उद्यमीहरुबाट ६१ वटा आवेदन परेको थियो ।

जस मध्ये ३४ उत्कृष्ट योजना भएका समुहलाई अन्तरवार्तामा समावेश गरिएको थियो । छनौट टोलीले उत्कृष्ट २० लाई पोखरामा कार्तिक १३ देखि २० गते सम्म हुने ६ दिने उद्यमी बुट क्याम्पमा सहभागि गराइनेछ ।

बोर्डका कार्यकारी अधिकृत दिपकराज जोशीका अनुसार पर्यटन उद्यमी सिडक्याम्पले आकांक्षी उद्यमीहरुले आफ्नो योजनालाई जाच्ने, परिस्कृत गर्ने अवसर प्रदान गर्ने तथा भिजन २०२० को उद्देश्यलाई समेत सहयोग पुग्ने बताएका छन ।

पर्यटन क्षेत्रसँग सम्बन्धित भएका उत्कृष्ट २० समुहलाई ६ दिने बुट क्याम्पमा आफ्नो योजनामा काम गर्ने अवसर मिल्ने र ६ दिन सम्म विभिन्न विशेषज्ञहरुले मेन्टरिङ गरेर योजनाहरुलाई उजागर गर्ने छन । उक्त योजना तथा आफ्नो पिचलाई उद्यमीहरुले पछि डेमो डेमा विभिन्न लगानीकर्ता सहितका सरोकारवालाहरु माझ प्रस्तुत गर्ने बोर्डले जानकारी दिएको छ ।

साथै सहभागि उत्कृष्ट समुहहरुको योजनालाई लक्ष्मी बंैक तथा लक्ष्मी क्यापिटलले सहयोग गर्ने भएको छ । लक्ष्मी बैंकका बोर्ड सदस्य सुमित भटराईले योजनाका आधारमा बैंकले लगानी गर्ने बताएका छन । उनका अनुसार बैंकले ३० देखि ७५ प्रतिशत सम्म लगानी गर्नेछन ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL