Logo

घलेगाउँ बन्दीपूर देखी दार्जिलिङ–सिकिमसम्मको टूर, ५ हजार देखी २१ हजारसम्मका यस्ता छन दशैं तिहार प्याकेज

घलेगाउँ बन्दीपूर देखी दार्जिलिङ–सिकिमसम्मको टूर, ५ हजार देखी २१ हजारसम्मका यस्ता छन दशैं तिहार प्याकेज



काठमाडौं । दशैं र तिहारमा घुम्ने योजनामा हुनुहुन्छ भने दशैं तिहार लक्षित गरेर विभिन्न ट्राभल एजेन्सीजहरुले आकर्षक प्याकेजको घोषणा गरेको छ । नेपालीहरुको आन्तरिक रुपमा भ्रमण गर्ने चलन बढेसँगै त्यसलाई मध्यनजर गर्दै ट्राभल एजेन्सीजहरुले प्याकेजको घोषणा गरेका हुन् ।

ईमेज ट्रेक एण्ड ट्राभल्स सर्भिस प्रालिले दशैं तिहार लक्षित प्याकेज अन्तगरत मुस्ताङ, रारा, मार्दी हिमाल, दार्जिलिङ–सिकिम, भारतकै नैनी ताल, घलेगाउँ बन्दीपूर तथा अन्नपूर्णबेस क्याम्प लगायतका रहेका छन ।

५ हजार ४ सय ९९ सय रुपैयाँ देखी १८ हजार ४ सय ९९ सय रुपैयाँ सम्मको प्याकेज रहेको ईमेज ट्रेक एण्ड ट्राभल्स सर्भिस प्रालिका महानिर्देशक सोनाम पाख्रीनले जानकारी दिएका छन । उनका अनुसार मुस्ताङ ४ रात ५ दिनको ९ हजार ४ सय ९९ रुपैयाँ, राराको लागि ६ रात ७ दिनको १६ हजार ४ सय ९९ रुपैयाँ, अन्नपूर्ण बेस क्याम्प ७ रात ८ दिनको १८ हजार ४ सय ९९ रुपैयाँ रहेको छ ।

त्यस्तै भारतको नैनी ताल ५ दिन ६ रातको लागि १२ हजार ९ सय ९९ रुपैयाँ, दार्जिलिङ–सिकिम ५ दिन ६ रातको लागि ११ हजार ४ सय ९९ रुपैयाँ, घले गाउँ बन्दीपूर र सिग्लेस ३ रात ४ दिनको लागि ५ हजार ४ सय ९९ रुपैयाँ रहेको छ ।

दशैं तिहार विदामा घुम्नेको लहर बढ्दै गए पछि पछिल्लो समयमा ट्रेकिङ तथा ट्राभल एजेन्सीजहरुले साना ठूला प्याकेज बनाउन लागेको महानिर्देशक पाख्रीनले बताए ।

विदेशीहरुका लागि मात्रै प्याकेज बनाउने गरेको प्रालिले नेपालीहरुको ठूलै जमात छुट्टी मनाउन घुम्न निस्कने भए पछि आफूहरुले पनि विगत ३ वर्ष देखी नेपाली लक्षित प्याकेज बनाएको पाख्रीनको भनाई रहेको छ ।

त्यस्तै मार्सीहोलीडेज प्रालिले पनि मुस्ताङ तथा अन्नपूर्ण बेस क्याम्प प्याकेजको घोषणा गरेको छ । प्रालिले मुस्ताङको लागि ५ रात ६ दिनको ११ हजार रुपैयाँ तथा अन्नपूर्ण बेसक्याम्पको ७ रात ८ दिनको लागि २० हजार रुपैयाँको प्याकेजको घोषणा गरेको प्रालिका ईन्टरनेशनल रिलेशन म्यानेजर जिते तामाङले जानकारी दिएका छन ।

त्यस्तै प्रालीले लाङटाङको लागि १५ हजार रुपैयाँ र मार्दी हिमालको लागि भने ४ रात ५ दिनको १४ हजार ५ सय रुपैयाँ तोकेको छ ।
पछिल्लो समयमा विदामा रमाउन चाहानेहरुको लागि यस्तै सानाठूला प्याकेज बनाएर घुमाउने गरेको तामाङले बताए । प्रालिले बिदेशीलाई मात्र नभएर नेपालीलाई पनि घुमाउने र घुम्ने प्रवन्ध मिलाउदै आएका छन ।

होलीडेजले भरर्खरै थाईल्याण्डमा र चीनमा ३५÷३५ जनाको टोली पठाईसकेको छ । नेपालीलाई पनि घुमाउनु पर्छ र घुम्नु पर्छ भन्ने नारा सहित काठमाडौंमा एक दिने हाइकिङ तथा ट्रेकिङ पनि लैजाने गरेको तामाङले जानकारी दिएका छन ।

हुन त विदेशीले नेपालमा गर्ने खर्च भन्दा नेपालीले गर्ने खर्च पनि बढेको छ । एक विदेशीले नेपालमा रहँदा वस्दा दैनिक ३ हजार खर्च गर्छन भने नेपालीले दैनिक ५ देखी १० हजार रुपैयाँ सम्म खर्च गर्ने गरेको सम्बद्ध पर्यटन ब्यवसायीहरु बताउँछन ।

प्रतिक्रिया दिनुहोस्
MBL