Logo

प्रवेश शुल्क फिर्ता लिन सरकार सँग टानको आग्रह, आन्तरिक पर्यटकले सय रुपैयाँ तिर्नुपर्ने

प्रवेश शुल्क फिर्ता लिन सरकार सँग टानको आग्रह, आन्तरिक पर्यटकले सय रुपैयाँ तिर्नुपर्ने



काठमाडौं । ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) ले पदयात्रीलाई वृद्धि गरिएको प्रवेश शुल्क फिर्ता लिन सरकार सँग माग गरेको छ ।

टानले अन्नपूर्ण, मनास्लु, कञ्चनजङ्घा, गौरीशङ्कर साथै शिवपुरी राष्ट्रिय निकुञ्जमा स्वदेशी र विदेशी पदयात्रीलाई वृद्धि गरिएको प्रवेश शुल्क फिर्ता लिन विज्ञप्ती मार्फत सरकार सँग माग गरेको हो ।

टानका अध्यक्ष नवराज दाहालले सोमबार जारी गरेको विज्ञप्तिमा सरकारले पूर्व जानकारी विना शुल्क वृद्धि गरेकाले पर्यटन क्षेत्रमा नकारात्मक प्रभाव पार्ने भन्दै शुल्क फिर्ता लिन आग्रह गरेका हुन ।

स्वदेशी पदयात्रीलाई निःशुल्क प्रवेश दिँदै आएकामा सरकारले हालै वृद्धि गरेको शुल्क अनुसार नेपाली पर्यटकले सय रुपैयाँ तिर्नु पर्ने, दक्षिण एशियाली सहयोग सङ्गठन (सार्क) मुलुकका पर्यटकलाई प्रवेश शुल्क २ सय बाट वृद्धि गरी १ हजार रुपैयाँ पुर्याएको छ भने सार्क मुलुक बाहिरका पर्यटकका लागि २ हजार २ सय ६० बाट ३ हजार रुपैयाँ पुर्याएको टानले जानकारी दिएको छ ।

सरकारले शुल्क बढाउन अगाडि छलफल गरेर मात्रै वृद्धि गरिएमा सहज र व्यावहारिक हुने जानकारी दिंदै टानले शुल्क वृद्धिले नेपाल भ्रमण वर्ष सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य प्राप्त गर्न समेत कठिन हुने विज्ञप्तीमा उल्लेख गरिएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL