Logo

गुर्जा हिमाल आरोहणमा गएका ८ जनाको मृत्यु, खराब मौसमले उद्धारमा कठिनाई

गुर्जा हिमाल आरोहणमा गएका ८ जनाको मृत्यु, खराब मौसमले उद्धारमा कठिनाई



काठमाडौं । म्याग्दीको गुर्जा हिमाल आरोहणमा गएका ८ जना आरोहीको शुक्रबार मृत्यु भएको छ ।

आरोहण टोली गुर्जा गाउँबाट असोज २१ गते ९ जनाको टोली गुर्जा हिमाल बेस क्याम्पतर्फ हिँडेको थियो । टोलीमा ५ जना कोरियन र ४ जना नेपाली रहेका थिए । एक जना भने अझै सम्पर्कमा नआएको म्याग्दीका डिएसपी बीरबहादुर बुढामगरले जानकारी दिएका छन ।

उनका अनुसार खराब मौसमका कारण उद्धारमा कठीनाई भएको छ । आज बिहानै गएको हेलीकप्टर समेत ल्याण्ड गर्न नसकेपछि फर्केको छ उनले भने । सिम्रीक एयरको हेलिकप्टरले रेकि गरेर फर्केको र काठमाडौंबाट रेस्क्यु टोली आउँदै गरेको समेत बुढामगरले जानकारी दिएका छन ।

उनका अनुसार बेस क्याम्पमा देखिएका लासहरु यत्रछत्र छरिएर रहेकाले कस्तो मेनपावर र इक्युवमेन्ट प्रयोग गर्ने भनेर छलफल भएको समेत जानकारी दिएका छन । घटनास्थल देखि नजिकैको प्रहरी कार्यालय पुग्न ३ दिन लाग्ने भए पनि त्यस तर्फ टोली परिचालन गरेको डिएसपी बुढामगरले जानकारी दिएका छन ।

शुक्रबार फर्कनु पर्ने मानीसहरु नफर्के पछि स्थानीयले खोजी गरेका थिए । खोजी गर्दा चिन्न नसकिने शवहरु फेला परे पछि शुक्रबार साँझ प्रहरीमा खबर गरेका थिए । ‘गाउँलेले खबर गरेपछि शनिबार बिहानैबाट खोजी र उद्धार टोली परिचालन गरेको,’ डिएसपी बुढामगरले बताए ।

करिब १ दशक पछि हिमाल आरोहणको लागि कोरियन टोली म्यग्दी पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL