Logo

युरोपियन युनियनका राजदूत केडीले भनिन्, नेपाललाई ईयुको कालोसूचीबाट हटाउन पहल गर्नेछु’

युरोपियन युनियनका राजदूत केडीले भनिन्, नेपाललाई ईयुको कालोसूचीबाट हटाउन पहल गर्नेछु’



काठमाडौं । नेपालका लागि युरोपियन युनियनका राजदूत वेरोनिका कोडीले नेपालको हवाई यातायातलाई कालोसूचीबाट हटाउन आफुले पहल गर्ने जानकारी दिएकी छन ।

नेपाल चेम्बर अफ कमर्सद्वारा राजधानीमा आयोजित ‘ब्यापार, पर्यटन तथा लगानीको सन्धर्भमा नेपाल–युरोपियन युनियन आर्थिक सम्बन्धका सम्भावना’ बिषयक अन्तरक्रियात्मक कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएकी हुन ।

नेपालको हवाई यातायातलाई सुरक्षित पार्न हवाई क्षेत्रको नीति निर्माण गर्ने र सेवा प्रदान गर्ने निकाय अलग अलग हुनु पर्ने भन्दै उनले नेपालको ब्यापार, पर्यटन र लगानीमा विकास गर्न रेल मार्ग, सडक र जलमार्गको विकास हुनु पर्ने बताएकी छिन ।

नेपालको उत्पादनलाई युरोपको बजारमा पुर्याउन नेपाललाई ‘प्रिफरेन्सियल ब्यापार पद्दती’ अन्तरर्गत राख्न आफुहरु सकारात्मक रहेको समेत उनले जानकारी दिइन । नेपालको कफी र पश्मिनाको बजार युरोपमा उच्च रहेको भन्दै उत्पादनलाई थप बढाउनु पर्नेमा उनले जोड दिएकी छिन ।

साथै नेपालमा रहेका साना तथा मध्यम व्यवसायिहरुको क्षमता बढाउने कार्यक्रमको लागि सहयोग गर्न इयू तयार रहेको समेत उनले जानकारी दिएका छन । महिला र युवा व्यवसायिहरुको क्षमता बढाउन महत्वपूर्ण रहेको भन्दै आफुले यसका लागि सहयोग गर्ने बताइन ।

कार्यक्रममा कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले नेपाल पर्यटन बर्ष २०२० लाई मध्यनजर गर्दै नेपालको हवाई यातायात असुरक्षित रहेको भन्ने कुरामा इयूका देशहरुले चिन्ता नगर्न समेत आग्रह गरेका छन । साथै श्रेष्ठले नेपालको हवाई सुरक्षाको सम्बेदनशिलतालाई यथार्थ रुपमा बुझिदिन समेत आग्रह गरेका हुन ।

कार्यक्रममा श्रेष्ठले नेपालको ब्यापार, पर्यटन र लगानीमा इयूले थप सहयोग गर्ने सहि समय आएको बताउँदै नेपालको समृद्धिको लागि इयूसंगको आर्थिक सम्बन्ध महत्वपूर्ण भएको बताएका छन । साथै उनले नेपालको उत्पादनलाई युरोपमा निर्यात गर्न थप सहयोग गर्न समेत राजदुत कोडीलाई आग्रह गरेका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL