Logo

बझाङमा परीक्षण उडान गर्दै निगम, तिहार अगाडीनै नियमित उडान हुने

बझाङमा परीक्षण उडान गर्दै निगम, तिहार अगाडीनै नियमित उडान हुने



काठमाडौं । नेपाल वायुसेवा निगमले बझाङमा परीक्षण उडान गर्ने भएको छ । निगमको वाई १२ ई चिनियाँ जहाजले आज दिउँसो बझाङमा परीक्षण उडान गर्ने भएको हो ।

निगमका प्रवक्ता अशोक सिग्देलका अनुसार उक्त जहाजले बझाङमा आज दिउँसो परीक्षण उडान गर्ने भएको हो । यस अघि लुक्ला, जोमसोम, डोल्पा, सिमिकोट, जुम्ला, मुगु तथा दाङमा सफल परीक्षण उडान गरेका निगमले आज मध्यान्ह बझाङमा परीक्षण उडान गर्न लागेको सिग्देलले जानकारी दिएका हुन ।

परीक्षण उडान सँगै नियमित उडान गर्ने लक्ष रहेको निगमका प्रवक्ता सिग्देलले बताए । तर परीक्षण उडानको नतिजा कस्तो आउने हो त्यस्मा भर पर्छ साथै दैनिक कति यात्रु हुने हो त्यस अनुसार नियमित उडानमा जान्छौं सिग्देलले भने ।

नियमित उडानमा जानु अघि नेपाल नागरिक उड्डयन प्राधिकरणबाट समेत स्वीकृति लिनु पर्ने उनले जानकारी दिएका छन । उनका अनुसार यी सबै प्रकृया पुर्याएर करिब तिहार अगाडीनै नियमित उडान गर्ने निगमको उद्देश्य रहेको समेत उनले जानकारी दिएका छन ।

जहाजलाई खाली नराख्ने निगमको योजना अनुसार नै चिनियाँ जहाज वाई १२ ई ले आजै डोल्पाको लागि ३ वटा फ्लाईट गर्ने भएको छ ।

डोल्पाको लागि हप्तामा १ उडान गर्दै आएको निगमले यात्रुको चापलाई मध्य नजर गर्दै मंगलबार ३ वटा उडान गर्न लागेको निगमले जानकारी दिएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL