Logo

कालिञ्चोक केवलकारले स्थानीय होटल व्यवसाय धरापमा, ६५ वटा होटलको रोजीरोटी गुम्दै

कालिञ्चोक केवलकारले स्थानीय होटल व्यवसाय धरापमा, ६५ वटा होटलको रोजीरोटी गुम्दै



काठमाडौं । दोलखामा निर्मार्णधिन कालिञ्चोक केवलकार सञ्चालनमा आउने भएसँगै स्थानीय होटल व्यवसाय धरापमा पर्ने भएका छन् । दोलखाको कालिञ्चालेक मन्दिर जानका लागि निर्माण गरिएको केबलकार संचालनमा आउन लागेसँगै स्थानीय होटल ब्यवसायीहरु चिन्तित बन्न पुगेका हुन् ।

कालिञ्चोक मन्दिर जानका लागि केवलकार निर्माण गरेर विकास गरेपनि उक्त मन्दिर जाने बाटोमा खुलेका होटल व्यवसाय भने धरापमा पर्ने भएका छन् । ‘केवलकार सञ्चालनमा आउनु अघि राम्रै ब्यापार हुन्थ्यो तर अब केवलकार संचालन सँगै ब्यवसायीहरु आफ्नो कुम्लो कुटुरो बोकेर हिँडने दिन आयो,’ दोलखाको कुरी बजारमा होटल ब्यवसाय गर्दै आएका स्थानीय मकरध्वज तामाङले भने, ‘पहिले केवलकार निर्माण गर्न नदिउँ भने पनि विकास विरोधी हुने भएकाले निर्माण गर्न दियौं तर अहिले आफुहरुको ब्यापारनै चौपट हुने खतरा बढ्यो ।’

करिब ६५ वटा होटल रहेको कुरी बजारमा स्तरीय खालका होटल रेष्टुराँ भने ३० देखी ३५ वटा सम्म रहेको तामाङले बताए । उनका अनुसार कुरी बजारमा एकै रातमा करिब २ हजार जना पर्यटक राख्न सकिने छ । तर केबलकार संचालनमा आएसँगै अबको दिनमा होटल ब्यवसायीहरु पलायन हुने खतरा बढेको समेत उनको भनाई थियो ।

केवलकारले स्थानीय होटल व्यवसायीलाई विस्थापित गर्न लागेको उनको आरोप छ । ‘अब शीप हुनेले केही गरेर भए पनि आफ्नो जिविकोपार्जन गर्ला नत्र कुम्लो कुटुरो बोकेर विस्थापित हुनुवाहेक अरु विकल्प छैन,’ उनले भने ।

‘केवलकार संचालनमा आईसके पछि दर्शनार्थीहरु यहाँ बस्दैनन् विहानै आउँछन पुजा सकेर फर्कन्छन,’ अर्का होटल ब्यवसायी सर्मिला थामीले बताईन, ‘विगतमा करिब एक डेढ घण्टा उकालो चढेर कालिञ्चोकको दर्शन गरेर फर्के पछि एक रात यही विताउने गर्थे भने कतिपय अघिल्लो रात आएर वस्ने अनि विहानै दर्शन गरेर पर्कन्थे ।’ तर केवलकार संचालनमा आएसँगै सो बाटो नै बन्द जस्तै हुने उनको गुनासो थियो ।

कालिञ्चोक केवलकार अहिले परिक्षणकालमा रहेको छ । ४ वटा गुण्डोला रहेको उक्त कम्पनीले दैनिक २ हजार देखी २५ सय सम्म यात्रु ओसारपसार गर्न सक्ने संचालक बालकृष्ण शिवाकोटीले जानकारी दिएका छन । घटस्थापना देखीनै संचालनमा ल्याउन लागे पनि विभिन्न कारणले गर्दा तिहार अगाडी मात्रै संचालनमा ल्याउन सक्ने शिवाकोटीले जानकारी दिए ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL