Logo

ककनीलाई अन्तरराष्ट्रिय प्रदर्शनी तथा कन्भेन्सन सेन्टरको रुपमा विकास गरिने: मन्त्री अधिकारी

ककनीलाई अन्तरराष्ट्रिय प्रदर्शनी तथा कन्भेन्सन सेन्टरको रुपमा विकास गरिने: मन्त्री अधिकारी



काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले ककनी क्षेत्रलाई पर्यटकिय क्षेत्रको रुपमा विकास गर्ने बताएका छन ।

मन्त्री अधिकारीले ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को आयोजनामा विश्व पर्यटन दिवस २०१८ को अवसरमा हाईकिङको उदघाटन गर्दै सो कुरा बताएका हुन ।

उनले हाईकिङको उदघाटन गर्दै ककनी क्षेत्रलाई पर्यटकिय क्षेत्रको रुपमा विकास गर्दे ककनीलाई हाईकिङ क्षेत्र तथा ट्रेकिङ रुट बनाउने बताएका हुन ।

यस क्षेत्रको विकासका लागि अति आवश्यक भौतिकपूर्वाधार मध्य सडकको अवस्था महत्वपूर्ण रहेको भन्दै सडक निर्माणको लागि सरकारको तर्फबाट आफ्नो ध्यानकर्षण समेत भएको बताएका छन । साथै उनले ककनीलाई अन्तरराष्ट्रिय एक्जिबीशन तथा कन्भेन्सन सेन्टरको रुपमा विकास गर्न बजेट समेत विनियोजन भई कार्यक्रम समेत अघि बढेकाले ककनी क्षेत्रमा पर्यटकको छिट्टै विकास गर्न सरकार तयार रहेको बताएका छन ।

‘टुरिजम एण्ड दि डिजीटल ट्रान्सफर्मेशन’ भन्ने मूल नाराका साथ ककनीबाट शुरु भएको सो हाईकिङमा करिब ४ सय जनाभन्दा बढीको सहभागिता रहेको थियो । उक्त हाईकिङ ककनीको मेमोरियल पार्कबाट शिवपुरी नेशनल पार्क हुँदै सूईरेचौरमा आएर सम्पन्न भएको हो ।
काठमाडौंबाट करिब १३ किलोमिटरको दुरीमा रहेको सूईरेचौरबाट अन्नपूर्ण, लाङटाङ, गौरीशंकर, गणेश, राउचुली हिमाल लगायतका दृष्य अवलोकन गर्न सकिन्छ ।

सूईरे चौरमा हिमालहरुको दृष्य अवलोकन तथा काठमाडौंको धुलो धुँवाबाट केही समय भए पनि मुक्ती पाउन हरेक शुक्रबार तथा शनिबार हजारौंको संख्यामा आन्तरिक पर्यटक आउने गरेको शिवपुरी गाउँपालिकाका अध्यक्ष रामकृष्ण थापाले जानकारी दिए ।
यहाँबाट १ सय ७० किसिमका चरा चुरुंगीहरु को पनि दृश्यावलोकण गर्न सकिन्छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL