Logo

विश्व पर्यटन दिवसमा टानले हाईकिङ गर्ने, ३ सय जना सहभागि हुँदै

विश्व पर्यटन दिवसमा टानले हाईकिङ गर्ने, ३ सय जना सहभागि हुँदै



काठमाडौं । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)ले विश्व पर्यटन दिवस २०१८ को अवसरमा हाईकिङ गर्ने भएको छ ।

टानले यस वर्ष सबै पर्यटनसँँग आवद्ध संघ संस्थाहरुको सहकार्यमा ‘टुरिजम एण्ड दि डिजीटल ट्रान्सफर्मेशन’ भन्ने मूल नाराका साथ विश्व पर्यटन दिवस गर्न लागेको टानका मिडिया तथा कम्यूनिकेशन विभागका संयोजक गोपाल श्रेष्ठले जानकारी दिएका छन ।

उनका अनुसार मंगलबार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीका साथ ककनी मेमोरियल पार्कबाट शिवपुरी नेशनल पार्क हुँदै सूर्यचौर सम्मको हाईकिङ गर्ने भएको हो ।

उक्त हाईकिङ कार्यक्रममा पर्यटन सँग सम्वद्ध करिब ३ सय जनाको सहभागि हुने समेत श्रेष्ठले जानकारी दिएका छन।

सूर्यचौरबाट अन्नपूर्ण, लाङटाङ, गौरीशंकर, गणेश, राउचुली हिमाल लगायतका दृष्य अवलोकन गर्न सकिन्छ । यहाँबाट १ सय ७० किसिमका चरा चुरुंगीहरु को पनि दृश्यावलोकण गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्
MBL