Logo

दुबइमा कुद्नेछन नेपाल एयरलाइन्सका बस, दुबई एयरपोर्टदेखी अबुधाबिसम्म सुविधा

दुबइमा कुद्नेछन नेपाल एयरलाइन्सका बस, दुबई एयरपोर्टदेखी अबुधाबिसम्म सुविधा



काठमाडौं । नेपाल एयरलाईन्सले संयुक्त अरब इमिरेट्समा बस सेवा संचालनमा ल्याएको छ । एयरलाईन्सले युएईको अबुधाबिदेखि दुबई एयरपोर्टसम्म बस सेवा संचालनमा ल्याएको नेपाल एयरलाईन्सका बाणिज्य विभाग प्रमुख कृष्णगोपाल जोशीले जानकारी दिए ।

नेपाल एयरलाईन्सका यात्रुहरुलाई अबुधाबिदेखि दुबई एयरपोर्टसम्म आउनका लागि बस सेवा उपलब्ध गराईएको छ । निगमले संचालनमा ल्याएको सो बसले अबुधाबिदेखि दुबई र दुबईदेखि अबुधाबिसम्म आफ्ना यात्रुहरुलाई बस सेवा उपब्ध गराउने भएको छ ।

जोशीका अनुसार युएईको बस सेवाप्रदायक कम्पनीसँगको सहकार्यमा उक्त बस सेवा संचालनमा ल्याइएको हो । ‘हामीले नेपाल एयरलाईन्सको सेवा यात्रुहरुलाई आबुधाबिदेखि एयरपोर्टसम्म जानका लागि बस सेवा उपलब्ध गराएका छौं,’ उनले भने ।

उक्त स्थानमा भर्खरै मात्र नेपाल एयरलाईसन्सले बस सेवा संचालनमा ल्याएको र यात्रुको माग अनुसार बस संख्या थपघट गरिने समेत उनले जानकारी दिए । ‘हामीले एयरपोर्टदेखि करिब डेढ घण्टाको दूरीमा बससेवा संचालन गरेका छौं,’ उनले भने, ‘जसले गर्दा नेपाल एयरलाईसन्सको सेवा लिने हवाई यात्रुलाई सुविधा हुनुका साथै यात्रुको संख्यामा समेत बृद्धि हुनेछ ।’

निगमले हप्तामा सातै दिन बससेवा संचालनमा ल्याएको छ । जसमा आईबार, मंगलबार, बिहीबार र शनिबारका लागि एउटा सेड्युल र सोमबार, बुधबार र शुक्रबारका लागि छुट्टै सेड्युल सार्वजनिक गरेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL