Logo

पदभार ग्रहण गर्दै अध्यक्ष खरेलले भने, ‘निगममा कार्यकारी भुमिकाको विवाद हुँदैन मिलेर अघि बढ्छौं’

पदभार ग्रहण गर्दै अध्यक्ष खरेलले भने, ‘निगममा कार्यकारी भुमिकाको विवाद हुँदैन मिलेर अघि बढ्छौं’



काठमाडौं । नेपाल वायुसेवा निगम (नेवानी) का नव नियुक्त कार्यकारी अध्यक्ष मदन खरेलले पदभार ग्रहण गर्दै कार्यकारी भुमिकाको विषयमा विवाद नहुने स्पष्ट पारेका छन् ।

निगमको कार्यकारी भुमिकामा यस अघि महाप्रबन्धक सुगतरत्न कंसाकार रहँदै आएकोमा मन्त्रिपरिषद्को बैंठकले खरेललाई कार्यकारी अध्यक्षमा नियुक्त गरेको थियो ।

खरेलले आज निगममा पदभार ग्रहण गर्दै कार्यकारी भुमिकाको विषयमा कुनै विवाद नहुने स्पष्ट पारेका हुन् । ‘निगमको हकहितका लागि सबै एक भएर अघि बढ्नेछौं,’ सोमबार पदभार ग्रहण गर्दै उनले भने, ‘निगमका १५ सय जना कर्मचारीनै कार्यकारी हुन् जसले काम गर्छ त्यही कार्यकारी हो ।’ यदी निगमभित्र कुनै विबाद भएमा कानुनले सुल्झाउने भएकाले कुनै विबाद नहुने उनको दाबी रहेको छ ।

यसैगरी खरेलले पदभार ग्रहण गरेसँगै कर्मचारीको तलब अरु निकायको भन्दा बढी पुर्याउने बताएका छन । साथै खरेलले अब निगममा विबाद नहुने र विबाद भएको खण्डमा कानुनी तबरबाटै निकास निकालिने समेत जानकारी दिए ।

अहिले निगम कम्प्लेक्स अवस्थामा रहेकाले पैसा कमाउन त्यती सहज नभएको समेत उनको तर्क थियो । साथै कर्मचारीको बोल्ने माध्यम भनेको कर्मचारी संगठन नै भएकाले संगठनलाई अभिन्न पाटोको रुपमा हेरिने बताए ।

यसैगरी निगमका महाप्रवन्धक सुगतरत्न कंसाकारले कार्यकारी अध्यक्ष खरेललाई स्वागत गर्दै आफू सल्लाहाकारको भूमिकामा रहने बताएका छन । ‘व्यक्तिगत रुपमा जुन सुकै मूल्य चुकाएर भए पनि निगमलाई माथी उकास्न सक्दो सहयोग गर्नेछु,’ उनले भने ।

कार्यक्रममा उनले संसारको सबैभन्दा महंगो हवाई गन्तब्य नेपाल भएकाले नेपाल एयरलाईन्सले अझै जहाज थप्नु पर्ने बताएका छन । उनले वाईडबडीको विषयमा भएको हल्ला गलत भएको भन्दै अर्को ५ वर्षमा ५ वटा वाईडबडी खरिद गर्नु पर्ने र न्यारोबडी कम्तिमा पनि १० वटा खरिद गर्नु पर्ने बताएका छन ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL