Logo

सिमरामा उडान थप्दै बुद्ध एयर, तिहार पछि भद्रपुर र जनकपुरमा रात्री उडान भर्ने

सिमरामा उडान थप्दै बुद्ध एयर, तिहार पछि भद्रपुर र जनकपुरमा रात्री उडान भर्ने



काठमाडौं । बुद्ध एयरले सिमरा एयरपोर्टमा थप उडान गर्ने भएको छ ।

बुद्ध एयरले यही भदौ ३१ गते देखि राती ६ बजे काठमाडौंबाट सिमरा उडान गर्न लागेको बुद्ध एयरका मार्केटिङ म्यानेजर रुपेश जोशीले बताएका छन ।

बुद्ध एयरले अहिले नेपालगञ्ज, भरहवा, धनगढी, विराटनगर, सिमरामा रात्री उडान गर्दै आएको छ । एयरले अब तिहार पछि भने भद्रपुर र जनकपुरबाट पनि रात्री उडान गर्ने जोशीले जानकारी दिएका छन ।

म्यानेजर जोशीका अनुसार बुद्धले सिमरामा पहिले देखीनै रात्रीकालिन उडान भर्दै आएको छ । यससँगै अब बुद्धले सिमरा २ वटा रात्री उडान गर्नेछ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL