Logo

१ सय पदमार्ग पहिचानका लागि ६१५ आवेदन, यसै हप्ता टुङ्गो लगाईने

१ सय पदमार्ग पहिचानका लागि ६१५ आवेदन, यसै हप्ता टुङ्गो लगाईने



काठमाडौं । सरकारले आन्तरिक तथा बाह्य पर्यटन प्रर्वद्धन गर्न पदमार्ग पहिचानका लागि गरेको आवेदन आह्वानमा ६ सय १५ आवेदन परेको छ ।

सरकारले कम्तीमा पनि १ सय पदमार्ग पहिचान गर्नका यही असारमा आवेदन माग गरेको थियो । सोही आवेदन मागअनुसार विभिन्न जिल्लाबाट सो आवेदन परेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जानकारी दिएको छ ।

सरकारले सो पदमार्गको पहिचानको लागि साउन २८ भित्र सबै पदमार्गका आवश्यक कागजात सहित नेपाल पर्यटन बोर्डमा आईपुग्ने गरी आवेदन माग गरेको थियो ।

प्राप्त डकुमेन्टहरुलाई भदौ अन्तिम सम्ममा निर्णयमा पुर्याई काम अगाडी बढाउने मन्त्रालयको योजना महाशाखाका प्रमुख निता पोखरेल अर्यालले बताएकी छिन ।

सरकारले बजेटमार्फत ल्याएको ‘पहिले देश अनि विदेश’ भन्ने नारा अनुरुप आन्तरिक तथा बाह्य पर्यटन प्रर्वद्धनको लागि विषेश अभियान चलाउने उल्लेख गरेको थियो । सोही अनुरुप बोर्डले पर्यटक पदमार्ग पहिचान गर्न आवेदन माग गरेको थियो ।

योजना अनुसारनै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले प्रत्यक प्रदेशमा १० पर्यटकीय गन्तब्य निर्माण गर्ने बताउँदै आएका छन । साथै प्रत्येक प्रदेशमा एक नमुना गन्तब्यको लागि सरकारले काम अगाडी बढाईसकेको समेत अर्यालले जानकारी दिएकी छिन ।

सरकारले ७ प्रदेशमा नमुना गन्तब्यको लागि प्रदेश नम्बर १ को सन्दकपुर ईलाम, प्रदेश नं. २ को धनुषाधाम धनुषा, ३ मा ईन्द्रसरोबर मकवानपुर, ४ मा पंचासे कास्की, ५ मा देवदह रुपन्देही, ६ मा रारा मुगु र ७ नं. प्रदेशको भादगाउँ कैलालिको भने विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) को प्रारम्भिक प्रतिवेदन समेत प्राप्त भएको मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL