Logo

इन्टरनेशनल ट्राभल एक्स्पोमा नेपाललाई सुशोभित राष्ट्रबाट सम्मान, चिनियाँ पर्यटक भित्र्याउन पहल

इन्टरनेशनल ट्राभल एक्स्पोमा नेपाललाई सुशोभित राष्ट्रबाट सम्मान, चिनियाँ पर्यटक भित्र्याउन पहल



काठमाडौं । चीनको सिचुआन प्रान्तको लेशानमा भएको सुचिआन ईन्टरनेशनल ट्राभल एक्सपोमा नेपाललाई सुशोभित राष्ट्रद्वारा सम्मान गरिएको छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले उक्त ट्राभल एक्सपोमा सम्बोधन गर्नुका साथै ‘बौद्ध धर्मद्वारा पर्यटन प्रर्वद्धन’ गर्न लेशान तथा लुम्बिनी, तानसेन र रामग्राम नगरपालिकाबीच सम्झौतामा हस्ताक्षर समेत गरेका छन ।

मन्त्री अधिकारीले भ्रमणको अवसरमा सुचिआन प्रान्तका गर्भनर, लेशान नगरपालिकाका मेयर र डाडो जेन टेम्पल र लेशान बुद्ध टेम्पलका प्रमुखहरुसँग सहकार्य तथा पर्यटन प्रर्वद्धन गर्न उच्च स्तरीय बैठकमा सहभागी भएका थिए ।
सो अवसरमा मन्त्री अधिकारीले भगवान बुद्धको जन्मस्थल लुम्बिनीको पवित्र माटोलाई लेशान बुद्ध सङ्ग्रालयलाई हस्तान्तरण समेत गरेका छन ।

सोही अवसरमा लेशानमा नेपाल सप्ताह समेत आयोजना भएको थियो । जनवादी गणतन्त्र चीनका लागि नेपाली राजदूत लीलामणि पौडेलले उक्त सप्ताहको उद्घाटन गरेका थिए ।

उक्त सप्ताहमा नेपाली हस्तकला प्रर्दशनी, नेपाली खाना तथा पकवान प्रदर्शनी, फोटो प्रदर्शनी, माटोको भाँडो बनाउने मौलिक नेपाली कलाको प्रदर्शनी तथा सांस्कृतिक नाच रहेको थियो । कार्यक्रमबाट भिजिट नेपाल २०२० लाई चीनबाट पर्यटक नेपाल भित्रिन सहयोग पुग्ने आशा रहेको छ ।

मन्त्री अधिकारी तथा लेशान नगरपालिकाका मेयर दुवैले लुम्बिनी र लेशानबाट दुई देशबीचको द्वौत्य सम्बन्ध अझै प्रगाढ रहने विश्वास व्यक्त गरेका छन ।

नेपाल पर्यटन बोर्ड, लुम्बिनी विकास कोषका पदाधिकारी, लुम्बिनी, तानसेन एवम् रामग्राम नगरपालिकाका मेयर लगायतको सो भ्रमण टोलीमा सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL