Logo

नेपालको इतिहासमै पहिलो पटक बिहान ६ बजे देखी उडान सुरु, समिट एयरले गर्यो लुक्ला उडान

नेपालको इतिहासमै पहिलो पटक बिहान ६ बजे देखी उडान सुरु, समिट एयरले गर्यो लुक्ला उडान



काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट नेपालको इतिहासमै पहिलो पटक बिहान ६ बजे देखी उडान सुरु भएको छ ।

समिट एयरको फ्लाईड ३०१ विमानबाट बिहान ६ बजे देखी उडान सुरु गरेको विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीले जानकारी दिएका छन ।

यस अघि बिहान ७ बजे देखीमात्रै उडान गर्दै आएको विमानस्थलले बुधबार देखि विहान ५ बजे देखी उडान सुरु गरेको हो ।

यही शनिबार देखी विमानस्थल बिहान ५ बजे देखी खुलेको बताउँदै क्षेत्रीले आजबाट ६ बजे पहिलो उडान गरेको जानकारी दिएका हुन । सो बिमान बिहान ६ बजे लुक्लाको लागि उडेको थियो ।

काठमाडौंको विमानस्थल बिहान ५ बजे देखी खुल्ला भए पनि अन्य विमानस्थल भने ६ बजेमात्र खुल्नेछ ।
आन्तरिक टर्मिनल ५ बजे देखी खुलेसँगै काठमाडौंको आकासमा हवाई ट्राफिक जाम करिब ४० प्रतिशत कम हुने क्षेत्रीको भनाई रहेको छ ।

बिहान ६ बजे आन्तरिक टर्मिनल खुल्दा प्यासेन्जर ढिला आउने तथा सुरक्षा चेकिङमा ढिला हुँदा पहिलो उडान ७ बजे मात्रै हुने भए पछि आन्तरिक टर्मिनललाई बिहान ५ बजे देखी खुल्ला गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL