Logo

खुल्ला भएका सबै हिमालमा पर्यटक लैजान मन्त्रीको निर्देशन, २०२० भित्र २५ लाख पर्यटक भित्र्याईने

खुल्ला भएका सबै हिमालमा पर्यटक लैजान मन्त्रीको निर्देशन, २०२० भित्र २५ लाख पर्यटक भित्र्याईने



काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले खुल्ला भएका सबै हिमालहरुमा पर्यटक लैजान तथा प्रर्वद्धन गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन ।

नेपाल पर्वतारोहण संघ (एनएमए) को वार्षिक समिक्षा तथा भावी योजना कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले उक्त निर्देशन दिएका हुन ।

खुल्ला भएका हिमालहरुमा पर्वतारोही नगएकोमा मन्त्रालयको ध्यानाकर्षण भएको भन्दै त्यस तर्फ ध्यान दिन समेत निर्देशन दिएका हुन । साथै नामकरण नभएका पिकहरुको नाम कुनै देश या प्रसिद्ध पर्वतारोहीको नामबाट राख्न समेत सुझाव दिएका छन ।

‘टुरीजम क्षेत्रलाई विश्वव्यापी रुपमा फैलाउने जिम्मा हामी सबैको हो, सबैले यस क्षेत्रको प्रमोट गर्नु पर्छ’, उनले भने । ‘२०२० भित्रै हामी २० लाख पर्यटक भित्र्याउने भनेर लागेका छौं, २०२० भित्र २० लाख होईन २५ लाख पर्यटक ल्याउन सक्छौ’, मन्त्री अधिकारीले भने ।

आजसम्म जहाजबाट आउने पर्यटकलाई मात्र पर्यटक मान्दै आएको र यसका लागि अबको दिनमा स्थलगत रुपमा आउने पर्यटकको पहिचान गर्न टुरीजम स्याटेलाईट अकाउण्टको निर्माण गर्दै हरेक नाकाबाट आउने पर्यटकको तथ्याङक राख्ने उनको दाबी थियो ।

एनएमएको वार्षिक समिक्षा तथा भावि योजना कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले २०२० को लागि भौतिक पूर्वधारको काममा तिब्र रुपमा अगाडी बढेको समेत जानकारी दिएका छन ।

अहिले भईरहेको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनले ट्रंकरुटमा चल्ने विमानहरुको टिकटदर समेत घटेको जानकारी दिएका छन । उनले धनगढी विमानस्थलमा पहिलेको भन्दा अहिले ६० प्रतिशत टिकटदर कम भएको बताए ।

भावी कार्यक्रम प्रस्तुत गर्दै आरोहीहरुको बालबच्चाहरुको लागि विद्यालय तथा अस्पताल बनाउन लागेको एनएमएका अध्यक्ष सन्तविर लामाले जानकारी दिएका छन । त्यस्तै मनाङमा भएको आरोहीहरुको तालिम केन्द्रलाई अन्तरराष्ट्रिय स्तरको बनाउने योजनामा लागेको समेत उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL