Logo

कतार एयरवेजले सार्वजनिक गर्याे नयाँ उडान तालिका, अब युरोप र अमेरिका ३ घण्टामै पुग्न सकिने

कतार एयरवेजले सार्वजनिक गर्याे नयाँ उडान तालिका, अब युरोप र अमेरिका ३ घण्टामै पुग्न सकिने



काठमाडौं । कतार एयरवेजले नेपालबाट दोहाका लागि नयाँ उडान तालिका सार्वजनिक गरेको छ ।

कम्पनीले काठमाडौंलाई अमेरिकासंग छोटो समयमै जोड्नका लागि नयाँ उडान तालिका सार्वजनिक गरेको जानकारी दिएको छ ।

कम्पनीको जहाज अब काठमाडौंबाट २ बजेर १० मिनेटमा उडेर कतारको दोहामा ४ बजेर ४५ मिनेटमा अवतरण गर्नेछ । यससँगै अमेरिका तथा अन्य युरोपका गन्तव्यहरुमा ३ घण्टामा जोडिन सकिनेछ ।

कम्पनीका अनुसार अब नेपालीले अमेरिकामा रहेका आफ्ना आफन्तलाई ३ घण्टामै भेट्न सकिने गरी उडान तालिका सार्वजनिक गरिएको हो ।

उक्त तालिका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारी तथा नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक संजीब गौतमको अपस्थीतीमा सार्वजनिक गरिएको हो ।

कम्पनीले तय गरेको उक्त समयतालिकाले हवाई ट्राफिक जामलाई पनि केहिमात्रामा कम गर्ने बताईएकोे छ ।

प्रतिक्रिया दिनुहोस्
MBL