Logo

यती एयरको जहाज दुर्घटनाको छानविन गर्न समिति गठन, सुवेदीको संयोजकत्वमा ४ सदस्यीय कमिटि

यती एयरको जहाज दुर्घटनाको छानविन गर्न समिति गठन, सुवेदीको संयोजकत्वमा ४ सदस्यीय कमिटि



काठमाडौं । सरकारले शनिबार राती दुर्घटना भएको यती एयरलाइन्सको विमान दुर्घटनाको छनविन गर्न समिति गठन गरेको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले बरिष्ठ एयर वर्दिनेस निरीक्षक भेषराज सुवेदीको सम्योजकत्वमा ४ सदस्यीय समिति गठन गरेको हो ।

समितिका सदस्यहरुमा बरिष्ठ उडान सञ्चालन निरीक्षक दधिराम निरौला, क्याप्टेन गोपाल सिङ बिष्ट र एयर वर्दिनेस निरीक्षक रितेशराज पन्त रहेका छन ।

एती एयरको ककपीट र भ्वाईस रेकडर जाँचका लागि नेपालमा उपकरण नभएको र सो छानविनको लागि विदेश पठाउनु पर्ने प्राधिकरणका महानिर्देशक संजीव गौतमले बताएका छन ।

छानविन समितिले छिट्टै प्रतिवेदन बुझाउने गरी काम गर्ने समेत गौतमले जानकारी दिए ।

शनिबार राती करिब पौने ९ बजे त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको धावनमार्गमा चिप्लिएर विमान दुर्घटना हुँदा विमानको अघिल्लो भागको नोजह्वील भाँचिएको थियो ।

नाइन एन एएचडब्लुको जेट स्ट्रिम विमान गए राती अवतरणको क्रममा धावनमार्गबाट चिप्लिएर करिब १५ मिटर चिप्लिएर घाँसे मैदानमा दुर्घटना हुन पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL