Logo

ब्यवसायीको दबाबमा पर्यटन उद्धारको जिम्मा निजी क्षेत्रलाई, भुक्तानी लिन सक्कली बिल अनिवार्य

ब्यवसायीको दबाबमा पर्यटन उद्धारको जिम्मा निजी क्षेत्रलाई, भुक्तानी लिन सक्कली बिल अनिवार्य



काठमाडौं । सरकारले पर्यटक उद्धारको जिम्मा निजी क्षेत्रलाई दिएको छ । पछिल्लो समय ट्राभल, ट्रेकिङ एजेन्सी, अस्पताल, उद्धार संस्था तथा हेलिकप्टर कम्पनीले पर्यटकलाई बिरामी बनाउने र उद्दारको क्रममा ठगी गरेको भन्दै पर्यटन मन्त्रालयले बनाएको छानबिन समितिले १५ संस्थालाई दोषी ठहर्याउँदै पर्यटक उद्धारको जिम्मा प्रहरीलाई दिन सिफारीस गरेको थियो ।

तर पर्यटक उद्धारको जिम्मा प्रहरीलाई दिने तयारी गरेपनि निजी क्षेत्रको दबाबपछि उद्धारको जिम्मा निजी क्षेत्रलाई नै दिने भएको पर्यटन मन्त्रालयले जानकारी दिएको छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले पर्यटक खोज, उद्धार, उपचार तथा अनुगमन सम्बन्धि कार्यविधि २०७५ समेत स्वीकृत गर्दै पर्यटक उद्धारको जिम्मा निजी क्षेत्रलाई दिईएको हो ।

कार्यविधि अनुसार खोज तथा उद्धारका लागि सहयोगी व्यक्ति, एजेन्सी, हेलिकप्टर कम्पनीहरु लगायतका सहयोगको लागि अनुरोध गर्दा उद्धार गर्नुपर्ने पर्यटकको नाम, राष्ट्रियता, राहदानी नम्बर, पहिचान हुन सक्ने अन्य कुनै परिचय खुल्ने कागजात, खोज तथा उद्धार गर्न जाने स्थान वा क्षेत्रको विवरण खुलाउनु पर्नेछ ।

त्यस्तै एजेन्सीले एक्लै खोजी उद्धार गर्न सम्भब नभएमा पर्यटन प्रहरीलाई सुचना गर्न समेत भनिएको छ । साथै पर्यटकको खोज, उद्धार तथा उपचारको सम्पूर्ण खर्चको विवरण पर्यटन बोर्ड वा पर्यटन प्रहरीमा जानकारी गराउन समेत भनिएको छ, ।

इजाजतपत्र बिना कसैलाई पर्यटक साहसिक गतिविधिमा संलग्न गराउन नहुने कार्यविधिमा उल्लेख गरिएको छ । पर्यटक खोज, उद्धार, उपचारमा संलग्न ब्यक्ति, संस्था वा कम्पनीले त्यस्तो खोज उद्धार तथा उपचारमा लागेको लागतको सक्कल विल भुक्तानीका लागि एजेन्सी समक्ष पेश गर्नु पर्ने संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सह प्रवक्ता प्रकाश शर्मा ढकालले जानकारी दिएका छन ।

 

प्रतिक्रिया दिनुहोस्
MBL