Logo

निजगढ विमानस्थलको मोडालिटी बनाउन आशयपत्र आह्वान गरिँदै, यस्तो छ सरकारको तयारी

निजगढ विमानस्थलको मोडालिटी बनाउन आशयपत्र आह्वान गरिँदै, यस्तो छ सरकारको तयारी



काठमाडौं । दोस्रो अन्तरराष्ट्रिय विमानस्थल निजगढको मोडालिटी बनाउन आशयपत्र आह्वान गर्ने भएको छ ।

पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले आशयपत्र आह्वान गर्ने सहमति भएको जानकारी दिएका छन । अवको करिब १० दिन भित्र निर्णय हुने र आशयपत्र आह्वान गर्ने बताएका छन ।

मंगलबार बसेको बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी, राष्ट्रिय योजना आयोग, लगानी बोर्ड लगायतका प्रतिनिधि बीच भएको छलफलमा सो सहमति भएको थियो ।

दोस्रो विमानस्थलको वातावरणीय प्रभाव मूल्याङन प्रतिवेदन (ईआईए) स्वीकृत भइसकेको छ । ईआईए प्रतिवेदनमा झन्डै २४ लाख रुख कटान गर्नुपर्ने र ८ हजार हेक्टर जमिन ओगट्ने उल्लेख गरिएको छ ।

लामिछानेले हाल मुआब्ज वितरण भईरहेको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL