Logo

१० विमानस्थल घाटामा संचालन, त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलले कमायो साढे ५ अर्ब

१० विमानस्थल घाटामा संचालन, त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलले कमायो साढे ५ अर्ब



काठमाडौं । नेपालमा संचालित अधिकांश विमानस्थलहरु घाटामा रहेका छन् । हाल संचालित १७ विमानस्थलमध्ये १० ओटा विमानस्थहरु घाटामा रहेको नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ ।

प्राधिकरणको तथ्याङक अनुसार जनकपुर, धनगढी, सिमरा, सुर्खेत, विराटनगर, जुम्ला, रुकुम(सल्ले), रुम्झाटार, थामखर्क र तुम्लिङटार विमानस्थल घाटामा संचालित छन् ।

घाटामा रहेको विमानस्थल मध्ये सबैभन्दा बढी जनकपुर विमानस्थलको घाटा १ करोड ८० लाख ६१ हजार रुपैयाँ छ भने सबै भन्दा कम घाटामा तुम्लिङटार विमानस्थल रहेको छ । तुम्लिङटार विमानस्थल गत आबमा ४३ लाख ७१ हजार रुपैयाँ घाटामा रहेको छ ।

तर गत आबमा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल (टीआईए) ले भने ५ अर्ब ८१ करोड ७६ हजार नाफा कमाएको प्राधिकरणले जानकारी दिएको छ ।

त्यस्तै आन्तरिक विमानस्थलहरुमा पोखरा, गौतमबुद्ध विमानस्थल, तेन्जिङ हिलारी, भरतपुर, सिमिकोट र नेपालगञ्ज विमानस्थल नाफामा रहेका छन । आन्तरिक विमानस्थलहरुमा पोखरा विमानस्थल सबैभन्दा बढी नाफा कमाउन सफल भएको छ भने सबैभन्दा कम नाफा नेपालगञ्ज विमानस्थलले कमाएको छ ।

पोखराले २०७४÷७५ मा खुद नाफा ३ करोड ६२ लाख ७७ हजार गरेको थियो भने नेपालगञ्ज विमानस्थलले ३ लाख ९६ हजार रुपैयाँ नाफा आर्जन गरेको तथ्याङमा उल्लेख छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL