Logo

निगमका महाप्रवन्धक कंसाकारले भने, ‘९५ प्रतिशत बजार निजी क्षेत्रलाई हामीलाई चाहिँ ९५ प्रतिशत गाली’

निगमका महाप्रवन्धक कंसाकारले भने, ‘९५ प्रतिशत बजार निजी क्षेत्रलाई हामीलाई चाहिँ ९५ प्रतिशत गाली’



काठमाडौं । सस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले नेपाल वायु सेवा निगमका ३ वटै टुवीनअटर जहाज संचालनमा ल्याउन निर्देशन दिएका छन ।

हाल निगमको ३ वटै टुवीनअटर संचालनमा नरहेको पाइएपछि तत्काल सबै जहाज संचालन गर्न निर्देशन दिएको हो । ‘जहाज किन थन्कियो ? जसरी हुन्छ जहाजलाई पूर्ण रुपमा संचालनमा ल्याउनु,’ मन्त्री अधिकारीले भने, ‘कोही पनि व्यक्ति आफ्नो दायित्वबाट भाग्न पाउँने छैनन् ।’

सोही अवसरमा निगमका महाप्रवन्धक सुगतरत्न कंसाकारले भने ९५ प्रतिशत बजार हिस्सा निजी क्षेत्रले खाने अनि हामीले चै ९५ प्रतिशत नै गाली खानु पर्ने गुनासो गरेका छन ।

निगम सँग भएको टुवीनअटर संचालन गर्न प्राविधिक समस्या रहेको भन्दै संचालनमा नल्याएको कंसाकारले जानकारी दिएका छन । तर, कार्यक्रममा मन्त्री अधिकारीले भने प्राविधिक समस्या भएको भन्दै टोलाउने वा बेच्ने मनासायमा हो भने त्यस्तो मनासाय त्याग्न समेत आग्रह गरेका छन ।

‘आफुहरुसँग हुँदा नचल्ने अनि अरुलाई बेचे पछि १० औं बर्षसम्म पनि चलेको पाईएको छ,’ अधिकारीले भने, ‘अबका दिनमा त्यस्तो नहोस जे जस्तो छ मर्मत गरेर चलाउनुस ।’

प्रतिक्रिया दिनुहोस्
MBL