Logo

नागरिक उड्यन प्राधिकरणको बजेट ४५ अर्ब, प्रथमिकतामा सुरक्षा र राष्ट्रिय गौरबका आयोजना

नागरिक उड्यन प्राधिकरणको बजेट ४५ अर्ब, प्रथमिकतामा सुरक्षा र राष्ट्रिय गौरबका आयोजना



काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले चालू आर्थिक बर्षका लागि ४५ अर्ब १७ करोड ५७ लाख रुपैयाँको बजेट विनियोजन गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीको अध्यक्षतामा बसेको बैठकले चालू आबका लागि सो बराबरको बजेट स्वीकृत गरेको हो ।

राष्ट्रिय गौरबका आयोजना, हवाई सुरक्षा, दुर्गम क्षेत्रमा हवाई उडान जस्ता विषयलाई प्राथमिकतामा राखेर बजेट विनियोज गरिएको नागरिक उड्डयन प्राधिकरणका महाप्रवन्धक सञ्जिव गौमले जानकारी दिए ।

हाल निर्माणधिन अवस्थामा रहेको राष्ट्रिय प्राथमिकताका आयोजना तथा बन्द अवस्थामा रहेको विमानस्थल संचालनसम्बन्धी कार्यलाई प्राथमिकता दिँदै बजेट निर्माण गरिएको समेत प्राधिकरणले जानकारी दिएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL