Logo

अन्नपूर्णले पायो एओसी, पहिलो उडान कतारको दोहा

अन्नपूर्णले पायो एओसी, पहिलो उडान कतारको दोहा



काठमाडौं । नेपाल बायु सेवा निगमले ल्याएको नयाँ वाइडबडी विमान ‘अन्नपूर्ण’ले उडान अनुमति पाएको छ ।

गत असार १४ गते नेपाल आईपुगेको अन्नपूर्णले सोमबार नेपाल नागरिक उड्डयन प्राधिकरणबाट एयर अपरेशन सर्टिफिकेट (एओसी) प्राप्त गरेको हो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणबाट सोमबार अन्नपूर्णको लागि उडाउन अनुमति पाएको निगमका महाप्रवन्धक सुगतरत्न कंसाकारले जानकारी दिएका दिएका हुन ।

निगमको नयाँ वाइडबडी अन्नपूर्णले नियमित फ्लाईड सेडियुल अनुसार बुधबार देखी राती १२ बजे उडान भर्नेछ । निगमका प्रवक्ता रविन्द्र श्रेष्ठका अनुसार निगममा कार्यरत पाइलट र विदेशी पाइलटले अन्नपूर्ण उडाउनेछन ।

प्राधिकरणको चरणबद्ध अध्ययन सकिसकेपछि अन्नपूर्णलाई एओसी दिइएको र अवको एक दुई हप्ता भित्रनै दोस्रो विमान मकालुलाई समेत एओसी प्रदान गर्ने तयारीमा रहेको सुचना अधिकारी त्रिलोचन पौड्यालले जानकारी दिएका छन ।

अन्नपूर्णले पहिलो उडान भने कतारको दोहाबाट गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL