Logo

पर्यटन मन्त्रीले भने, ‘फेक रेस्क्युले नेपालको बदनाम भयो तत्काल कारबाही गर्नेछौं’

पर्यटन मन्त्रीले भने, ‘फेक रेस्क्युले नेपालको बदनाम भयो तत्काल कारबाही गर्नेछौं’



काठमाडौं । ‘फेक रेस्क्यु’का नाममा पर्यटकमाथी ठगी गर्ने व्यक्ति वा संस्थालाई तत्काल कानुनी दायरामा ल्याइने संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले बताए ।

‘फेक रेस्क्युलाई प्रभावकारी ढङगले छानविन गरिनेछ,’ ट्रेकिङ एजेन्सिज एशोसिएसन अप नेपाल (टान)द्वारा आयोजित कार्यक्रममा उनले भने, ‘अबको केही समयमै दोषी पहिचान गरी कार्वाही गर्नेछौं ।’

‘फेक रेस्क्युले नेपालमा मात्र नभई विश्वमानै नेपालको नराम्रो प्रचारहुँदा यसले पर्यटन क्षेत्रमा नराम्रो असर परेको छ,’ व्यवसायीले भने, ‘जसले गल्ती गरेको छ त्यस्लाई तत्काल कार्वाही होस ।’

फेक रेस्क्यु जस्ले गरेको छ उनीहरुलाई जसरी भएपनि कारबाही गरि छाडने संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयका सचिव कृष्ण देवकोटाले बताए । ‘जोसुकै होस फेक रेस्क्यु गर्नेलाई पानी मुनी गएपनि छाडिदैन,’ उनले भने, ‘फेक रेस्क्यु जसले गरे पनि त्यसमा कुनै सम्झौता हुँदैन सही ढङगले पारदर्शी रुपमा कारबाही हुन्छ ।’

पछिल्लो समय फेक रेस्क्युले उग्र रुप लिँदै गएपछि ट्रेकिङ एजेन्सिज एशोसिएसन अप नेपाल (टान) ले एक कार्यक्रम गरी सत्यतथ्य बाहिर ल्याउन सरकारसँग आग्रह गरेको छ ।

एक दुई जना ब्यबसायीहरुले फेक रेस्क्यु गर्दैमा सिंगो पर्यटन ब्यवसायीलाई धरासायी पार्ने काम कसैले नगर्न र गर्ने जो कोहीलाई पनि कानुनि दायरामा ल्याई कारवाही गर्न संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारी सँग माग गरेका छन ।

ट्रेकिङ एजेन्सी कम्पनीले पर्यटकलाई बिरामी बनाउने र पर्यटकबाट ट्रेकिङ एजेन्सी, गाइड, अस्पताल र तिनका डाक्टर एवं हेलिकोप्टर कम्पनीको मिलेमतोमा ठगी धन्धा मौलाएको भन्दै तत्काल रोक्न आग्रह गरेका हुन ।

मन्त्री अधिकारीले कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्र देखी गाउँपालिका सम्मले पर्यटकलाई लिने कर अब नलिने र नलिन सबैलाई अर्थमन्त्रालयले सरकुलर गरेको जानकारी दिएका छन ।

मन्त्री अधिकारले २०२० मा २० लाख पर्यटक संगै २१ घण्टा संचालनमा रहेको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थललाई २४ घण्टा संचालन गर्ने समेत बताएका छन ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL