Logo

भिटोफ नेपालको अध्यक्षमा ६ जनाको उमेदवारी, सातै प्रदेशमा शाखा विस्तार प्राथमिकतामा

भिटोफ नेपालको अध्यक्षमा ६ जनाको उमेदवारी, सातै प्रदेशमा शाखा विस्तार प्राथमिकतामा



काठमाडौं । गाउँ पर्यटन प्रर्वद्धन मञ्च (भिटोफ नेपाल) को चुनावी माहोल सुरु भएको छ ।

अगामी साउन १५ गते हुने निर्वाचनको लागि चुनावी मैदानमा अध्यक्ष पदका लागि ६ जनाको उमेदवारी परेको भिटोफ नेपालले जानकारी दिएको छ ।

अध्यक्ष पदको लागि हालका उपाध्यक्ष दिपक दाहाल, सचिव जस्फा पाण्डे, राम घले, धुब्र सिम्खडा, बसु पाण्डे लगायतका रहेको उपाध्यक्ष दिपक दाहालले जानकारी दिएका छन ।

भिटोफले प्रर्वद्धन गर्दै आएको गाउँहरुको अनुगमन र विकास गरी सो क्षेत्रलाई नमुना होमस्टे गाउँ बनाउने अध्यक्षका आकांछीहरुको दावी रहेको छ ।

साथै सात वटै प्रदेशमा शाखा विस्तार गर्ने र ग्रामीण पर्यटनलाई राष्ट्रिय स्तरमा पुर्याउने विभिन्न योजना सहित दाबेदार ६ जना चुनावी मैदानमा आएको उपाध्यक्ष दाहालले जानकारी दिएका छन ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL