Logo

अन्तरराष्ट्रिय आकाशमा १ दर्जन नेपाली जहाज उडाउने छौं : मन्त्री अधिकारी

अन्तरराष्ट्रिय आकाशमा १ दर्जन नेपाली जहाज उडाउने छौं : मन्त्री अधिकारी



काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले अवको ५ वर्षमा अन्तराष्ट्रिय आकाशमा दर्जन नेपाली जहाज उडने बताएका छन ।

मन्त्री अधिकारीले २०२० मा २० लाख पर्यटक भित्र्याउन अहिले ४ स्थानबाट हवाई रुटको ईजाजत प्राप्त गरेकाले अवको ५ वर्षमा अन्तराष्ट्रिय आकाशमा दर्जनौ नेपाली ध्वजाबाहक जहाज उडाउने बताएका हुन ।

नेपालमा पर्यटक भित्र्याउन नसकनुको मुख्य कारण पुवर्धार संरचनामा विकाश नभएको उनले बताए । २०२० लाई मध्य नजर गर्दै होटलको लागि कुक, वेटर तथा पर्यटन ब्यवसायि गर्नेको लागि गाईड तथा शेर्पा तथालिमको लागि १ लाख जनालाई पर्यटन सम्बन्धी तालीमको ब्यवस्था गरेको मन्त्री अधिकारीले जानकारी दिएका छन ।

मन्त्री अधिकारीले दोलखाका एकै गाउँका ४७ जना सगरमाथा आरोहीलाई सम्मान तथा जिबन लामा द्धारा लिखित गौरीशंकर विविधतामा एकता नामक पुस्तक विमोचन गर्दै दोलखालाई पर्यटकिय हव बनाउन सरकार प्रतिबद्धता रहेको बताएका हुन ।

मन्त्री अधिकारीले गौरीशंकर गाउँपालीकामा रहेको सिमी गाउँ देखी च्छोरोल्पा ताल सम्मको तस्वीरले पर्यटकलाई आकर्षित गर्न सक्ने बताए ।

सरकारले पोखरा जस्तै सगरमाथाको द्धार मानिने जिरी तथा दोलखाको गौरीशंकर क्षेत्रलाई पर्यटकिय हव बनाउनको लागि बजेट समेत विनियोजन गरेको मन्त्री अधिकारीले जानकारी दिएका छन ।

गौरीशंकरको चुचुरो देखी सगरमाथा चुचुरोको समेत चुम्बन गर्न सफल भएको दोलखाली अरोहीहरुलाई शुभकामना र्दिदै मन्त्री अधिकारीले दोलखालाई पर्यटकिय हब बनाउने उदघोष गरेको हो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL