Logo

निगमका कर्मचारीलाई नाफाको आधारमा सेवा सुविधा, जिम्मेवारीबाट नपन्छिन पर्यटन मन्त्री अधिकारीको निर्देशन

निगमका कर्मचारीलाई नाफाको आधारमा सेवा सुविधा, जिम्मेवारीबाट नपन्छिन पर्यटन मन्त्री अधिकारीको निर्देशन



काठमाडौं । संस्कृति पर्यटन तथा नेपाल नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले नेपाल वायुसेवा निगमका कर्मचारीलाई नयाँ जोस र जाँगरका साथ काममा लाग्न निर्देशन दिएका छन् ।

पर्यटन मन्त्री अधिकारीले नेपाल वायुसेवा निगमको ६० औं वार्षिकोत्सव ‘हिरक जयन्ती’ समारोहलाई सम्वोधन गर्दै उक्त कुरा बताएका हुन । जब सम्म आफ्नै देशका जहाज हुँदैन तबसम्म देशमा पर्यटन उद्योगको विकाश नहुने भन्दै नेपाल एयरलाईन्सलाई थप सहयोग गर्न सरकार तयार रहेको बताए ।

मन्त्री अधिकारीले भर्खरै आएको ए ३३० वाईडबडी संचालनको लागि नयाँ गन्तब्य खोज्दै आगाडी बढन निगम व्यवस्थापनलाई सुझाव दिएका छन । ‘अव नेपालमा जहाजको कमि हुने छैन,’ उनले भने, ‘तर नयाँ जहाज भित्रिएसँगै नयाँ गन्तब्य र बजार नखोज्ने हो भने कहिल्यै उठन नसक्ने गरी नेवानी थला पर्नेछ ।’

मन्त्री अधिकारीले नेवानीका सबै तहका कर्मचारीहरुलाई आफ्नो जिम्मेवारी बाट नभाग्न आग्रह गर्दै आउँदो बर्ष देखी जती नाफामा जान्छ त्यसैको आधारमा सेवा सुविधा थप्दै जाने बताएका छन ।

यसैगरी निमित्त सचिव सुरेश आचार्यले भने नयाँ वाईडबडी आएसँगै निगमले बाह्य उडानसँग २० प्रतिशत र आन्तरिक उडान करिब २५ प्रतिशत बजार हिस्सा ओगटनु पर्ने बताएका छन । चिनियाँ जहाज संचालन गर्न नसक्ने हो भने त्यसको ब्यवस्थापन गर्न जरुरी रहेको भन्दै नयाँ आउने जहाज ग्राउण्डेड नहुनेगरी काम गर्न आचार्यले आग्रह गरेका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL