Logo

अब काठमाडौंबाट जानुहोस स्पेनको मालगा, कतार एयरवेजले सुरु गर्यो मालगा ट्रिप

अब काठमाडौंबाट जानुहोस स्पेनको मालगा, कतार एयरवेजले सुरु गर्यो मालगा ट्रिप



काठमाडौं । कतार एयरवेजले नेपालबाट स्पेनको मालगाको लागि पनि उडान भर्ने भएको छ ।

कम्पनीले यही जुन १३ तारिखका दिन कतारको दोहाबाट स्पेनको मालगाका लागि सिधा उडान भरेपछि नेपाली यात्रुहरुका लागि पनि स्पेनका लागि बाटो खुलेको हो ।

कतार एयरवेज नेपालका कन्ट्री म्यानेजर जयप्रकाश नैरले स्पेनको मालगा एक ऐतिहाँसिक पर्यटकीय स्थल भएकाले उक्त क्षेत्रको भ्रमणका लागि नेपाली यात्रुलाई आग्रह गरेका छन । यसका साथै उनले स्पेन नै एक खेलप्रेमी देश भएकाले र त्यहाँ विभिन्न किसिमका भ्रमण गर्ने तथा रमाइलो गर्ने ठाउँ भएकोले कतार एयरवेजको सेवामार्फत सेवा लिन आग्रह गरेका छन ।

कम्पनीले नेपली यात्रुहरुका लागि मालगाको भ्रमणका लागि ५ सय देखि ६ सय डलरसम्ममा टिकट उपलब्ध गराउने भएको छ । साथै नेपालमा हाल रमाइलोका लागि खर्च गर्ने मान्छेको संख्यामा वृद्धि भएपछि उक्त निर्णय लिएको कन्ट्र म्यानेजर नैरले जानकारी दिए ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL