Logo

टानले गर्यो पदमार्गको सम्भाव्यता अध्ययन, यी हुन् नयाँ पदमार्ग

टानले गर्यो पदमार्गको सम्भाव्यता अध्ययन, यी हुन् नयाँ पदमार्ग



बागलुङ । ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) ले नयाँ पदमार्ग सम्भाब्यता अध्ययन गरेको छ । टानका गन्तब्य अनुसन्धान तथा प्रर्वद्धन विभाग प्रमुख सुकबहादुर लामाको टोलीले नयाँ गन्तब्यको सम्भाब्यता अध्ययन गरेको हो ।

टोलीले बागलुङको भएरबुङगा देखी बराहा ताल, म्याग्दीको गुर्जाघाट, नौ डल्ले हुँदै तामन गाउँपालीकाको दुर्लेक डाँडासम्मको अध्ययन गरेको छ ।

बागलुङको भौगोलिक अवस्था दुर्गम भए पनि पर्यटन ब्यवसायलाई अगाडी बढाउन सकिने लामाको भनाई रहेको छ । उनले बागलुङको अग्ला पहाडहरुबाट विभिन्न हिमालहरुको दृश्यावलोकन गर्न सकिने बताएका छन ।

बागलुङ तामनखोला गाउँपालिकाका अध्यक्ष जोगलाल बुढामगरका अनुसार उक्त गाउँपालिकामा रहेको बराहताल तथा नौ डल्लेबाट माछापुच्छ्रे, धौलागिरी १ देखी धौलागिरी ५ सम्म, चुरे, घोडेकन्य, गुर्जा, कम्बोन, मानापाथी, छौराबोङ, म्याग्दीमाथा लगायतका हिमालहरु देख्न सकिने बताए ।

हिमालयन म्याप हाउसका कार्टोग्राफर कृष्ण महर्जनका अनुसार उक्त रुटमा गन्तब्यको लागि उपयुक्त रहेको बताएका छन । उनका अनुसार उक्त रुट उपयुक्त भए पनि सो रुटमा पर्यटकलाई आकर्षण गर्नका लागि पूर्वधारको आवश्यक्ता रहेको बताए । साथै उनले सो रुटमा पर्यटकलाई सहज बनाउन सुचना केन्द्र समेत राख्नु पर्ने बताए ।

उक्त रुटमा जाने पर्यटकले बागलुङको सदरमुकाम देखी करिब ९५ किलोमिटर गाडीको यात्रा गरे पछि भएरबुङगा हुँदै उक्त रुटमा पद यात्रा गर्न सकिनेछ ।

सरकारले आर्थिक बर्ष २०७५÷७६ को पर्यटन गन्तब्यको लागि सय भन्दा बढी पदमार्गको सम्भाब्यता अध्यन गर्ने बजेटमार्फत घोषणा गरेको थियो ।

सरकारको कार्यक्रमलाई निरन्तर दिन तामनखोला गाउँपालिका तथा टानले उक्त पदमार्गमा सम्भाब्यता अध्ययन गरेको हो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL