Logo

नेपाललाई थप ४ रुट हवाईमार्ग उपलब्ध गराउन भारतसँग सम्झौता, थप रुटको विषयमा अध्ययन

नेपाललाई थप ४ रुट हवाईमार्ग उपलब्ध गराउन भारतसँग सम्झौता, थप रुटको विषयमा अध्ययन



काठमाडौं । अन्तरराष्ट्रिय उडानको लागि नेपाललाई थप प्रवेशमार्ग उपलब्ध गराउन नेपाल नागरिक उड्डयन प्राधिकरण र भारतीय विमानपत्तन प्राधिकरणबीच शनिबार सम्झौता भएको छ ।

नेपालमा हवाईमार्ग थप्न नेपाल र भारतबीच बिहीबार देखी सुरु भएको बार्ता शनिबार सकिएको नागरिक उड्डयन सुरक्षा निर्देशनालयका उप महानिर्देशक राजन पोखरेलले जानकारी दिएको छ ।

शनिबार भएको सम्झौतामा नेपालले पूर्वमा विराटनगर र जनकपुर प्रवेश विन्दुका लागि काठमाडौ विराटनगर र काठमाडौं जनकपुर देखी जनकपुरबीचको हवाई रुटलाई दुई तर्फी बनाउने सहमति भएको हो । साथै दुबै पक्ष बसेर सो उडानको सुरक्षा मूल्याङकनको आधारमा उक्त रुटबाट एयरबसहरु नेपाल भित्रिन सक्ने छ ।

त्यसतै पश्चिमतर्फ भने महेन्द्र नगर हुँदै काठमाडौं महेन्द्रनगर दिल्ली हवाई रुटलाई दुईतर्फी बनाउने भएको छ । पुर्वी तर्फ भने काठमाडौं जनकपुर पटनाबीचको एक तर्फी रुटलाई दुई तर्फी बनाउन पनि सम्झौता भएको छ । यसबाट नेपाल भारत उडानलाई थप सहयोग पुग्ने भएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमण आउँदा नयाँ हवाई रुटका लागि दुवै देशका प्राविधिकहरुलाई नयाँ रुटका लागि छलफलमा बस्न निर्देशन दिएका थिए । सोही निर्णय अनुसारनै नयाँ हवाई रुटका लागि भारतीय पक्ष र नेपाली पक्ष बीच पूर्व पशिम हवाईरुटको विषयमा पहिलो पटक बार्ता भएको हो ।

त्यसतै अन्तरराष्ट्रिय गौतमबुद्ध, पोखरा, निजगढ विमानस्थलहरुमा बढी उचाईमा उडान भर्ने अन्तरराष्ट्रिय उडानको लागि पशिममा नेपालगञ्ज तथा महेन्द्र नगरबाट प्रवेशमार्ग उपलब्ध गराउने सम्बन्धमा भारतीय पक्षले २०१८ भित्र विस्तृत प्राविधिक मूल्याङकन कार्य सम्पन्न गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL